२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशले पहिलो पटक पाकिस्तानविरुद्धको टेस्ट सिरिज जित्यो



अ+ अ-

एजेन्सी । बंगलादेशले क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानविरुद्धको टेस्ट सिरिज जितेको छ ।

खेलको अन्तिम दिन मंगलबार रावलपिण्डीमा भएको दोस्रो खेलमा टोलीले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

बंगलादेशका लागि लिटन दासले पहिलो इनिङ्समा शतक बनाए ।

बंगलादेशले पनि पहिलो टेस्टमा पाकिस्तानलाई १० विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको थियो ।

योसँगै नजमुल हुसेन शान्तोको कप्तानीमा रहेको टोलीले दुई खेलको टेष्ट सिरिज २–० ले जितेको छ ।

यसअघि दुई टोलीबीच ५ टेस्ट सिरिज खेलिएको थियो जसमा सबै पाकिस्तानले जितेको थियो । दुवै टोलीले सन् २००१ मा पहिलो पटक टेस्ट खेलेका थिए ।