२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री पूजालाई चेतावनी दिँदै समीक्षाले भनिन् – ‘फिल्म चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्’



अ+ अ-

काठमाडौँ । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार गरेको भन्दै अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् ।

मंगलबार सामाजिक सञ्जालमा पूजाको एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो क्लिप राख्दै स्टाटससहित समीक्षाले फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न यस्तो चेतावनी दिएकी हुन् ।

एक पोडकाष्टमा अभिनेता पल शाहसँग एकसाथ गएकी अभिनेत्री पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको अभिव्यक्ति दिएकी थिइन् ।

समीक्षाले भनेकी छन् –
अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि!

सत्य के हो? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ।

के सहि? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ।

त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?

यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र ?

सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदि भनें, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज।