२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिपोर्ट धेरै भएपछि फेसबुकबाट स्टाटस हट्यो – बालेनको सचिवालय



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले धेरै प्रयोगकर्ताले रिपोर्ट गरेपछि फेसबुकबाट आफैँ मेयर शाहको पेजको स्टाटस हटेको दाबी गरेका छन् ।

धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि फेसबुकले नै स्टाटस हटाइदिएको उनको सचिवालयले जनाएको छ ।

यस्तै, हटेको उक्त स्टाटस रिकभर गर्ने प्रयास भइरहेको पनि मेयर शाहको सचिवालयले जनाएको छ ।

मेयर शाहले फेसबुक पेजमा नेकपा (एमाले)लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस राखेका थिए ।

एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै बालेनले आइतबार स्ट्याटस राखेका थिए ।