२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलकिपर अञ्जिलाले युरोपियन लिग खेल्ने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् ।

सुब्बाले ग्रीसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन् ।

उनले क्लबसँग एक वर्षको सम्झौता गरेकी छन् । ग्रीसको महिला सुपर लिगको नयाँ सिजन सेप्टेम्बर २९ बाट सुरु हुँदै छ । अञ्जिलासँग यसअघि भारत र पाकिस्तानमा लिग खेलेको अनुभव छ ।

यो सँगै युरोपमा व्यवसायिक फुटबल खेल्ने सुब्बा दोस्रो खेलाडी बनेकी छन् । राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा गत बर्षदेखि फ्रान्सको शीर्ष डिभिजनको क्लब ग्वेङगाम्पबाट खेल्दै आएकी छन् ।