५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलकिपर अञ्जिलाले युरोपियन लिग खेल्ने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् ।

सुब्बाले ग्रीसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन् ।

उनले क्लबसँग एक वर्षको सम्झौता गरेकी छन् । ग्रीसको महिला सुपर लिगको नयाँ सिजन सेप्टेम्बर २९ बाट सुरु हुँदै छ । अञ्जिलासँग यसअघि भारत र पाकिस्तानमा लिग खेलेको अनुभव छ ।

यो सँगै युरोपमा व्यवसायिक फुटबल खेल्ने सुब्बा दोस्रो खेलाडी बनेकी छन् । राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा गत बर्षदेखि फ्रान्सको शीर्ष डिभिजनको क्लब ग्वेङगाम्पबाट खेल्दै आएकी छन् ।