३१ श्रावण २०८३, आईतवार
,
Latest
सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला सशक्तिकरणमा सरकारले जोड दिएको छ: मन्त्री सुडी



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले महिला सशक्तिकरणमा सरकारले जोड दिएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयको प्रमुख एजेण्डा भनेकै महिलाको अधिकार, जीवनशैलीको विकास र महिलालाई कसरी उच्चस्तरमा पुर्‍याउने भन्ने रहेको बताउनु भयो । २१ औं शताब्दी महिलाको शताब्दी रहेको भन्दै पितृ सत्तात्मक व्यवस्था बिस्तारै बिस्तारै खस्किँदै गइरहेको उल्लेख गर्नुभयो । २१ औं शताब्दीमा मानव मानवको बीचमा, महिला र पुरुषको बीचमा खाडल हुने अवस्था नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिला सशक्तिकरणमा जोड छ । हाम्रो मन्त्रालयको नाउँ नै हो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक । अनि हाम्रो प्रमुख एजेण्डा महिलाको अधिकारको, महिलाको जीवनशैलीको, महिलाको उच्चस्तरमा कसरी पुर्‍याउने रु भन्ने नै हो । यो २१ औं शताब्दी महिलाको शताब्दी हो । पितृ सत्तात्मक व्यवस्था बिस्तारै बिस्तारै खस्किँदै गइरहेको छ । २१ औं शताब्दीमा मानव मानवको बीचमा, महिला र पुरुषको बीचमा खाडल हुने अवस्था छैन ।’

राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदन कार्यान्वयन गर्न लागि पर्ने बताउनु भयो । उहाँले पुरुष बराबरको अवस्थामा महिलाको उपस्थिति ल्याउने आफूहरुको प्रमुख दायित्व रहेको बताउनु भयो । महिलालाई पछि पारेर पुरुष अघि बढ्न नसक्ने बताउनु भयो ।




भर्खरै