६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

मेरिल्यान्डमा नेपथ्यसंगै झुमे दर्शक

मेरिल्यान्डमा नेपथ्यसंगै झुमे दर्शक
अ+ अ-

मेरिल्यान्ड:आइतबार बेलुकी ‘दी हल एट लाइभ’को भुइँतला मात्र होइनमाथिल्ला कक्ष पनि दर्शकले भरिएका थिए । त्यो भीडमै रमाइरहेका माझ एक अमेरिकी थिइन्फलेसिया डनल्याप ।

यस हलमा आजसम्मकै उत्कृष्टमध्येको शो अनुभव गरेँ,’ त्यस हलका मनोरञ्जन तथा प्रोडक्सन महाप्रबन्धक फलेसिया भनिरहेकी थिइन्, ‘प्रोडक्सन र पफर्मेन्सका हिसाबले चुस्तगजबको प्रस्तुति !’

दर्शकमा उत्पन्न ऊर्जाकै आधारबाट पनि यसको विशिष्टता स्पष्टै झल्किएको उनको प्रतिक्रिया थियो । ‘म ड्युटीमै भए पनि दर्शकका रूपमा समेत रमाइरहेँ,’ कार्यक्रममा आफ्नो मोबाइलमा कैद गरेका भिडियोहरू देखाउँदै उनले भनिन् । 

 निर्धारित समयअनुसारै बेलुकी ठीक ८ बजे कार्यक्रम सुरु भएसँगै नीलो जिन्स पहिरेका अमृत गुरुङ देखापरे र दर्शकतर्फ झुकेर अभिवादन गरे । ड्रमसेटको ‘छ्याङ्ङ’ आवाजसँगै दुवै हात दर्शकतर्फ झट्कारे । यतिन्जेल हलमा भरिएका दर्शकमाझ व्यापक उत्साह र हलचल सुरु भइसकेको थियो । त्यही उत्साहलाई समात्दै उनले पहिलो गीत सुनाए –

कोशीको पानी यो जिन्दगानी

सललल जाइजाने हौ हजुर

आमाको कोखमा बास मात्र लिएँ नि

कुन देशको मरन हौ हजुर’

 त्यसपछि ब्यान्डका सार्वकालिक हिट गीतहरू ‘भेँडाको ऊन’ र ‘छेक्यो छेक्यो’ गाएपछि अमृतले दर्शकसँग छोटो भलाकुसारीको क्रम सुरु गरे ।

कार्यक्रममा नयाँ–पुराना गीतको लस्कर थियो । ती सबको बीचबीचमा अमृतले दर्शकसँग दोहोरो संवाद पनि जारी राखेका थिए ।

सबै स्थानमा जस्तै यहाँ पनि अमृतले भावी पुस्तालाई सकेसम्म मातृभाषा पनि सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि तिनलाई उनीहरूको जरोसँग जोडिदिन अनुरोध गरेका थिए ।

 कन्सर्ट हेर्न आएका थुप्रै दर्शकले साथमा राष्ट्रिय झन्डा पनि बोकेरै ल्याएका थिए भने ढाकाटोपी अनि भादगाउँले टोपी लगाएर उपस्थित भएका पनि जताततै देखिन्थे ।

यसरी आएका दर्शक अनेक किसिमका समूहमा आबद्ध थिए । कोही साथीसँग मिलेर आएका थिएकोही आफ्ना जोडीका साथमा उपस्थित थिए भने कोही आफ्ना अभिभावक र केटाकेटीसहित सपरिवार आएका पनि उत्तिकै भेटिन्थे ।

त्यस्तै समूहमध्ये एक थियो भर्जिनियामा केटाकेटीलाई नेपाली भाषासंस्कृति र सम्पदा पढाउन ‘पाठशाला’ सञ्चालन गरिरहेका स्वयंसेवी शिक्षकको जमात । वन्दनासम्झनासजनाराज र राजेशलगायतको त्यो समूह सुरुदेखि रमाइरहेको देखिन्थ्यो ।

 नेपाली बालबालिकालाई आफ्नो भाषा र संस्कृति सिकून् भन्ने अमृत दाइको चाहनासँग हाम्रो मिसन ठ्याक्कै मिलेको पायौँ,’ उनीहरूले भने, ‘हाम्रो उद्देश्य पनि आफ्नो जरालाई जोगाउने र भविष्यलाई उज्ज्वल बनाउने नै हो ।’

नेपथ्यको कन्सर्टबाट पनि उनीहरू उत्तिकै रमाएको प्रतिक्रिया दिइरहेका थिए ।

यसअघि थुप्रै नेपाली कन्सर्ट हेरेको भए पनि कार्यक्रमको गुणस्तर र समयको इज्जत गर्ने मामिलामा नेपथ्य सबैभन्दा माथि पाइयो,’ उनीहरूले थपे, ‘यसका लागि ब्यान्ड र आयोजकलाई धन्यवाद छ ।’

 कन्सर्ट सकिएपछि पनि केहीबेरसम्मै आयोजना स्थलमा रमाएका दर्शकको चहलपहल देखिन्थ्यो । त्यसैमध्ये एक थिएकाठमाडौँ छँदा न्युरोडको विशालबजारमा पसल चलाउने कमल पारख ।पूरा जीवनै ढाकिने गरी हामी यो ब्यान्डसँगै हुर्कियौँयो ब्यान्डसँगै आनन्द लियौँ र अहिले पनि यो ब्यान्डसँगै रमाइरहेका छौँ,’ कमलले भने ।

 कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुबिन शाक्यगितारमा नीरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

 आयोजकका रूपमा मेरो जीवनकै यो सबैभन्दा बेस्ट शो भयो,’ आयोजक समूहका अभिजित राईले भने, ‘म आफैँ पनि दर्शकमै मिसिएर कन्सर्टभरि नाचिरहेको थिएँ । कतिपय बेला त खुसीले आँसु थाम्न पनि सकिनँ ।’

रातो र चन्द्रसूर्जे’ गाइरहँदा शरीरमा जताततै काँडा उम्रेजस्तो महसुस भएको उनको प्रतिक्रिया थियो ।

 यसरी अमेरिकाको शृंखलाबद्ध यात्रामा अघिल्ला छ वटै कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब सातौँ तथा अन्तिम प्रस्तुतिका लागि नेपथ्य पेन्सिलभानियाको ह्यारिसबर्गतर्फ लाग्दै छ । ब्यान्डका लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ । ह्यारिसबर्गको ‘दी फोरम अडिटोरियम’मा सेप्टेम्बर ७ तारिख शनिबारका दिन नेपथ्यको कन्सर्ट आयोजना हुनेछ ।

अबको सातौँ कन्सर्टसँगै यसपटकको डेढ महिना लामो अमेरिका यात्राले विश्राम लिनेछ ।