१० भाद्र २०८३, बुधबार
,
Latest
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इफाप्काको ४७ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल सिंगापुर प्रस्थान



अ+ अ-

काठमाडौँ । निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय संगठन (इफाप्का) को ४७ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल सिंगापुर प्रस्थान गरेको छ ।

इफाप्काको ४७ औं सम्मेलन चैत्र २५ गतेदेखि सिंगापुरमा हुँदैछ । यसअघि नेपालले २६ औं सम्मेलन सम्पन्न गर्दै सिंगापुरलाई अध्यक्षता हस्तान्तरण गरेको थियो । ४७ औं सम्मेलन भने सिंगापुरको अध्यक्षतामा सञ्चालन हुँदैछ ।

सम्मेलन अप्रिल ७ देखि १२ सम्म हुनेछ । सम्मेलनमा सहभागी हुन सिंगापुर जाने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्काको ४७ औं सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै आफूहरु सहभागी हुन लागेको बताउनु भयो ।

उहाँले इफाप्काको सम्मेलनसँगै मलेसियाको क्वालालम्पुरमा इफाप्काको केन्द्रिय समितिको बैठक पनि बस्ने जानकारी दिनुभयो । यस पटकको इफाप्का सम्मेलनमा भाइचारा सम्बन्ध बिस्तारका साथै निर्माण प्रविधिको बारेमा सूचना आदानप्रदान हुने बताउनु भयो । इफाप्कामा सहभागी मुलुकले आफूलाई कसरी कार्यगत रुपमा एक ठाउँमा उभ्याउने ? भन्ने बारेमा पनि छलफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इफाप्काको ४७ औं सम्मेलनमा सहभागी हुनलाई सिंगापुर गइरहेका छौँ । कार्यक्रम अप्रिल ७ देखि १२ सम्म सिंगापुरमा हुँदैछ । हामीले सिंगापुरलाई अध्यक्षता हस्तान्तरण गरेका थियौँ । अब सिंगापुरले आफ्नो अध्यक्षतामा कार्यक्रम सञ्चालन गर्दैछ । त्यसमा सहभागी हुन नेपालको प्रतिनिधित्व गरेर जाँदैछौँ । कार्य समितिको बैठक पनि मलेसियाको क्वालालम्पुरमा राख्दैछौँ ।

यो भ्रमण टोलीमा सहभागी सदस्यमध्ये ३५ जना इफाप्का सम्मेलनमा पनि सहभागी हुनु हुनेछ । इफाप्का सम्मेलन यस पटक टेक्नोलोजी ट्रान्सफर र भाइचारा सम्बन्धमा केन्द्रित हुनेछ । इफाप्काका मुलुकले कसरी कार्यगत रुपमा एक ठाउँमा उभ्याउने भन्नेमा छलफल चलाइरहेका छौँ । सिंगापुर पनि नेपालसँग समन्वय गरेर निर्माणका कामहरु गर्न तल्लिन छ । हाम्रा श्रमीकलाई सिंगापुर गरेर त्यहाँ तालिम दिएर नेपाल ल्याइ काममा लगाउने भन्ने सम्झौता छ । अब आउने दिनमा पूर्वी एशियाका विकसित मुलुकसँग सहकार्य गरी नेपालको पूर्वाधार क्षेत्रलाई परिस्कृत गर्ने काममा हामी लागेका छौँ ।’

उहाँले सिंगापुर र नेपाल कार्यगत रुपमा सहकार्यका साथ अगाडि बढिरहेको बताउनु भयो । आगामी दिनमा पूर्वी एशियाका विकसित मुलुकसँग सहकार्य गरी नेपालको पूर्वाधार क्षेत्रलाई परिस्कृत गर्ने क्रममा अगाडि बढेको जानकारी दिनुभयो ।