
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरु अहिलेको सरकासँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आउनुभएको भन्दै धन्यवाद दिनुभयो ।
उहाँले पहिलाको सरकारमा आन्दोलन नगर्नुको कारण सरकरले जति आन्दोलन गरे पनि नसुन्ने र अहिलेको सरकारले आफूहरुका माग पूरा गर्ने ठानेर प्रदर्शनमा आउनुभएको जिकिर गर्नुभयो । उहाँले सरकार शिक्षकबिरोधी नभएको र शिक्षकहरु पनि सरकार बिरोधी नभएको उल्लेख गर्र्दै मागहरु परस्परमा बसेर छलफलबाट टुंग्याइने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शिक्षकहरुलाई म धन्यवाद भन्न चाहन्छु । किनभने सरकारमाथि विश्वास गरेर उहाँहरु यो प्रदर्शनमा आउनुभएको छ । नत्र पहिला प्रदर्शन गर्नुहुन्न थियो नि यसरी । किनभने प्रदर्शन ग¥यो ग¥यो कानमा बतास लाग्दैन भने किन प्रदर्शन गर्ने भन्ने हुन्थ्यो । अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास छ । त्यसकारण आउनुभएको हो ।
हामी कुराकानी पनि गर्छौं । हामी उहाँहरुका कुरा सुन्छौँ पनि । न उहाँहरु सरकारबिरोधी हो, न सरकार उहाँहरु बिरोधी हो रु यो सबै हामी एउटै हौँ । के कस्तो गर्न सकिन्छ, के गर्नुपर्छ भन्नेकुरा परस्परमा बसेर सल्ला गरेर टुंगिने हो । धेरै यसमा उहाँहरले पनि दुःख नपाए हुन्छ । सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन । उहाँहरु यहाँ आइहाल्नुभएको छ, ठिक छ, आइरहनुपर्ने पनि थिएन । सानै डेलिगेसन आएर भन्दा पनि हुन्थ्यो । तर पनि उहाँहरले सरकारले सुनेन कि भनेर पहिला पहिला जस्तै ठान्नुभयो होला । र अहिले ठूलै जमात जानुपर्छ भनेर नै आउनु भयो होला । यो विश्वासको लागि धन्यवाद भन्छु ।’
प्रधानमन्त्री ओलीले काठमाडौंमा आएर प्रदर्शनको दुःख नगर्न आग्रह गर्दै सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।