१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

सरकारले शिक्षकहरुका माग सम्बोधन गर्छ, उहाँहरु छिटै फर्किनुहुनेछः प्रधानमन्त्री ओली

सरकारले शिक्षकहरुका माग सम्बोधन गर्छ, उहाँहरु छिटै फर्किनुहुनेछः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरु अहिलेको सरकासँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आउनुभएको भन्दै धन्यवाद दिनुभयो ।

उहाँले पहिलाको सरकारमा आन्दोलन नगर्नुको कारण सरकरले जति आन्दोलन गरे पनि नसुन्ने र अहिलेको सरकारले आफूहरुका माग पूरा गर्ने ठानेर प्रदर्शनमा आउनुभएको जिकिर गर्नुभयो । उहाँले सरकार शिक्षकबिरोधी नभएको र शिक्षकहरु पनि सरकार बिरोधी नभएको उल्लेख गर्र्दै मागहरु परस्परमा बसेर छलफलबाट टुंग्याइने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शिक्षकहरुलाई म धन्यवाद भन्न चाहन्छु । किनभने सरकारमाथि विश्वास गरेर उहाँहरु यो प्रदर्शनमा आउनुभएको छ । नत्र पहिला प्रदर्शन गर्नुहुन्न थियो नि यसरी । किनभने प्रदर्शन ग¥यो ग¥यो कानमा बतास लाग्दैन भने किन प्रदर्शन गर्ने भन्ने हुन्थ्यो । अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास छ । त्यसकारण आउनुभएको हो ।

हामी कुराकानी पनि गर्छौं । हामी उहाँहरुका कुरा सुन्छौँ पनि । न उहाँहरु सरकारबिरोधी हो, न सरकार उहाँहरु बिरोधी हो रु यो सबै हामी एउटै हौँ । के कस्तो गर्न सकिन्छ, के गर्नुपर्छ भन्नेकुरा परस्परमा बसेर सल्ला गरेर टुंगिने हो । धेरै यसमा उहाँहरले पनि दुःख नपाए हुन्छ । सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन । उहाँहरु यहाँ आइहाल्नुभएको छ, ठिक छ, आइरहनुपर्ने पनि थिएन । सानै डेलिगेसन आएर भन्दा पनि हुन्थ्यो । तर पनि उहाँहरले सरकारले सुनेन कि भनेर पहिला पहिला जस्तै ठान्नुभयो होला । र अहिले ठूलै जमात जानुपर्छ भनेर नै आउनु भयो होला । यो विश्वासको लागि धन्यवाद भन्छु ।’

प्रधानमन्त्री ओलीले काठमाडौंमा आएर प्रदर्शनको दुःख नगर्न आग्रह गर्दै सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।