२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.03

Wind: 1.03

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको मुहार काठमाडौंमा-फोटो फिचर



अ+ अ-

काठमाडौं । संघिय राजधानी देखि कर्णाली शब्द,दृश्य,चित्र र उत्पादका माध्यमबाट कर्णाली जोड्ने अभियान अन्तगर्त संघीय राजधानीमा जारी कनेक्टीङ कर्णाली अभियान जारी छ ।

चित्रमा जुम्ला जिल्ला,दृश्य र उत्पादनमा कर्णाली जिल्लालाई केन्दित गरी प्रर्दशनी गरीएको आयोजक मनघरी फाउण्डेशनका अध्यक्ष एव कनेक्टीङ कर्णालीका परिकल्पनाकार भरतबन्धु थापाले बताए ।

फाउन्डेशन स्थापना भएको एक दशकको अवसरमा संघिय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द,चित्र र भिडियोका साथै कर्णालीमा उत्पादीत सामाग्रीहरु मार्फत कर्णालीका संम्भावना र सुन्दरतालाई उजागर गर्ने हेतुले कार्यक्रम गरेको अध्यक्ष थापाले बताए ।

दैलेख,डोल्पा र मुगु पश्चात उनले भनचौथो श्रृखलामा जुम्ला केन्द्रित रहेको छ ।

अहिले देशको सबैभन्दा स्वच्छ उद्योगका रुपमा पर्यटन क्षेत्र नै छ । जुन क्षेत्रका लागि कर्णाली प्रदेश विल्कुल नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छन् । तर ती सम्भावनालाई हामीले नजरअन्दाज गरिरहेका छौँ ।

यसर्थ कर्णाली प्रदेशका १० वटै जिल्लाका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथ त्यहाँ उत्पादीका सामाग्रीहरुलाई संघयि राजधानी संग जोड्नुनै कार्यक्रममा प्रमुख उदेश्य रहने अध्यक्ष थापले बताए । प्रर्दशनीमा राखिएका तस्बिरहरु आयोजक र एलपी देवकोटा,विशाल सुनार र कुबेरराज कार्कीका रहेका छ । प्रर्दशन शनिबार सम्म जारी रहने छ ।