
काठमाडौँ । भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउनुहुने भएको छ ।
शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री ओलीले हिजो (शुक्रबार) मात्रै भारतीय समकक्षी मोदीसँग बैंककमा भेटवार्ता गगर्नुभएको थियो । सो क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन मोदीलाई निम्तो दिनुभएको थियो ।
उक्त भेटमा आफू सगरमाथा संवादमा आउन नसक्ने जानकारी मोदीले गराएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
‘यसपल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । उहाँको पहिला नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उक्त कार्यक्रम सेट भइसकेकाले उहाँ यहाँ आउन सक्नुहुन्न । तर, भारतको राम्रैस्तरको उपस्थिति हुन्छ ।’
समकक्षी मोदीसँगको भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको प्रधानमन्त्रीको भनाई छ ।