९ बैशाख २०८२, मंगलवार
,
Latest
अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ की के बिनाकोः प्रधानमन्त्री ओली शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्लाः अध्यक्ष दाहाल नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोपः टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन् मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ: अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार नेपाली सञ्चार क्षेत्रको बिकास र समृद्धिमा सधै सकारात्मक रहने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले पत्रकारको पक्षमा सरकार सदैव सकारात्मक रहेको र पत्रकारले सरकारको कमी कमजोरी औल्याउनु पर्ने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले पत्रकारले राष्ट्र निर्माणको लागि योगदान गर्नुपर्ने पनि बताउनु भयो । ‘सरकार सञ्चार क्षेत्रको बिकाश र गुणस्तर कायम होस भन्ने चाहन्छ । आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गर्छ । सिमित स्रोत साधनको बावजुद सञ्चार क्षेत्रको बिकासमा सघाउन चाहन्छ । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्छ भन्नेमा तपाईंहरु ढुक्क हुनोस,’ नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री पौडेलले भन्नुभयो ।

पछिल्लो समय सत्यलाई ओझेलमा पार्ने गरी अफवाह फैलाउने अभियान चलाइएको भन्दै उहाँले त्यसप्रति नेपाली सञ्चार जगत सचेत रहनुपर्ने र सत्यलाई स्थापित गर्ने कुरामा अब्बल भूमिकामा उत्रनुपर्ने सुझाव पनि दिनुभयो । प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै उपप्रधानमन्त्री पौडेलले सरकारले गरेका सकारात्मक कामको प्रचार र सुधार गर्नुपर्ने क्षेत्रमा सुझाव दिन पनि आग्रह गर्नुभयो ।

यस्तै मन्त्री पौडेलले पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्ने बताउनु भयो । उपप्रधानमन्त्री पौडेलले सरकार पत्रकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको जानकारी पनि गराउनु भएको छ । सो क्रममा उपप्रधानमन्त्री पौडेलले प्रेस चौतारी नेपालसहित सवै सञ्चार संगठनहरुसँग आवश्यक सहयोग र सहकार्य गर्न सकार तयार रहेका जानकारी दिनुभएको प्रेस चौतारीका महासचिव हिरामान लामाले बताउनु भयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेसहितका पदाधिकारी, निवर्तमान अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो ।