८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ: अर्थमन्त्री पौडेल

पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ: अर्थमन्त्री पौडेल
अ+ अ-

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार नेपाली सञ्चार क्षेत्रको बिकास र समृद्धिमा सधै सकारात्मक रहने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले पत्रकारको पक्षमा सरकार सदैव सकारात्मक रहेको र पत्रकारले सरकारको कमी कमजोरी औल्याउनु पर्ने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले पत्रकारले राष्ट्र निर्माणको लागि योगदान गर्नुपर्ने पनि बताउनु भयो । ‘सरकार सञ्चार क्षेत्रको बिकाश र गुणस्तर कायम होस भन्ने चाहन्छ । आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गर्छ । सिमित स्रोत साधनको बावजुद सञ्चार क्षेत्रको बिकासमा सघाउन चाहन्छ । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्छ भन्नेमा तपाईंहरु ढुक्क हुनोस,’ नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री पौडेलले भन्नुभयो ।

पछिल्लो समय सत्यलाई ओझेलमा पार्ने गरी अफवाह फैलाउने अभियान चलाइएको भन्दै उहाँले त्यसप्रति नेपाली सञ्चार जगत सचेत रहनुपर्ने र सत्यलाई स्थापित गर्ने कुरामा अब्बल भूमिकामा उत्रनुपर्ने सुझाव पनि दिनुभयो । प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै उपप्रधानमन्त्री पौडेलले सरकारले गरेका सकारात्मक कामको प्रचार र सुधार गर्नुपर्ने क्षेत्रमा सुझाव दिन पनि आग्रह गर्नुभयो ।

यस्तै मन्त्री पौडेलले पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्ने बताउनु भयो । उपप्रधानमन्त्री पौडेलले सरकार पत्रकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको जानकारी पनि गराउनु भएको छ । सो क्रममा उपप्रधानमन्त्री पौडेलले प्रेस चौतारी नेपालसहित सवै सञ्चार संगठनहरुसँग आवश्यक सहयोग र सहकार्य गर्न सकार तयार रहेका जानकारी दिनुभएको प्रेस चौतारीका महासचिव हिरामान लामाले बताउनु भयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेसहितका पदाधिकारी, निवर्तमान अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो ।