१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश तामाङले भेटे प्रधानमन्त्री ओलीलाई, पाए आश्वासन



अ+ अ-

काठमाडौं । ३५ वर्षदेखि हराएका प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । ओलीलाई भेट्ने तामाङ काठमाडौं आएका थिए ।

नागरिकता प्राप्त गरे लगत्तै प्रकाश प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौँ आएका हुन् । करिब १० वर्षको उमेरमा काठमाडौंको जोरपाटीबाट हराएका तामाङले आइतबार नागरिकता पाएका थिए ।

भोजपुरको षडानन्द नगरपालिका–१० का तामाङ गोरखाको चुमभ्यालीमा पुगेर कयौं वर्षदेखि त्यहीँ बसेका थिए । प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।

गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई तत्काल नागरिकता दिने व्यवस्था मिलाउन गृह सचिवलाई निर्देशन दिएका थिए ।

‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ नामक एपिसोड सार्वजनिक भएसँगै प्रकाश चर्चामा आएका थिए ।

प्रकाश तामाङले भेटेपछि साँझ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्–
प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो।
शुभ रात्रि !