९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मुख्य सचिव महासंघ भेट -आर्थिक बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक

मुख्य सचिव महासंघ भेट -आर्थिक बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसंगको भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तिव्र र दिगो बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने वताउनु भयो । महासंघको आग्रहमा नया चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ, उहाँले भन्नुभयो ।

यसैगरि निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्याल समक्ष आग्रह गर्नुभयो । यसैगरि सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउनु पनि आवश्यक रहेको छ ।

यसैगरि निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि कानुनहरु बनेको तर्पm अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउनु हुँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गर्नुभयो ।

भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिवद्धता जनाउनु भयो । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिनुभयो ।

उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नु पर्ने धारणा राख्नु भयो । महासंघ कार्य समितिले सोमबार मुख्य सचिव अर्यालसंग भेट गरेको हो ।