४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् : अध्यक्ष तिमिल्सिना

कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् : अध्यक्ष तिमिल्सिना
अ+ अ-

विराटनगर । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि  सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गर्नुभएको छ।

विराटनगरमा आइतबार प्रदेश नं १ का मुख्यमन्त्रीसहित सांसदहरु सहभागी 'कोभिड-१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

अध्यक्ष तिमिल्सिनाले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मी सँगै जनचेतना फैलाउने कुरामा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।  

‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्न आग्रह गर्‍यौं,’ उहाँले भन्नुभयो, ‘संक्रमण फैलिएको मुलुकबाट विद्यार्थी ल्याउँदा जनता के हुने हो भनेर आतंकित भइरहेको अवस्था थियो। अहिले संक्रमण लाखौंमा पुगिसकेको छ। यो अवस्थामा हामी आतंकित नभईँ सचेत हुन जरुरी छ।'

अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रण प्रभावकारी बनाउन जनप्रतिनिधि अगाडि सरेको मुलुकले सफलता प्राप्त गरेको अनुभव रहेको जानकारी गराउँदै नेपालमा पनि सांसद, स्थानीय तहका प्रतिनिधि र राजनीतिक दलका संगठनहरु जनतामा पुग्नुपर्ने धारणा राख्नुभयो।

‘यो महामारी अहिले मानव जातीको चुनौती हो। यसकाविरुद्ध सबै एक भएर लड्नुपर्छ,' उहाँले भन्नुभयो, 'समाजमा अफ्ट्यारो परेको बेला आफ्नो भूमिका देखाउन जनप्रतिनिध, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलगायत सबैलाई यो एउटा अवसर पनि हो।'

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो।

'रोग नियन्त्रणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको  भूमिका पक्कै हुन्छ,' उहाँले भन्नुभयो, 'तर, उपचार नभएको कोरोना जस्ता महामारीमा दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र साबुन पानीले हात धुँने वा स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डको प्रयोग गर्ने महत्वपूर्ण रैछ। यसका लागि सचेतना आवश्यक छ।'  

उहाँले कोरोनाको महामारी सुरु हुँदा संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई राहतका नाममा करोडौं खर्च स्मरण गर्दै भन्नुभयो, 'सरकारले लकडाउन गर्दा वित्तिकै गाउँ(गाउँमा राहत वितरण अभियान चल्यो। हामी जनप्रतिनिधिहरु पनि आफ्ना जनतालाई राहत वितरण गर्ने अभियानमा सक्रिय भयौं। तर त्यो संधै सम्भव भएन। त्यसो गर्नु ठिक थिएन कि भन्ने अहिले संक्रमितको संख्या लाखौं पुगेपछि महशुस भएको छ।'

अध्यक्ष तिमिल्सिनाले पैसा वा राहतले भन्दा सचेताना र स्वास्थ्य मापदण्डको पालना गर्दै अनुशासनमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएको बताउनुभयो।

ुस्वास्थ्य अनुशानमा बसेर हाम्रा दैनिक गतिविधिलाई कसरी नियमित बनाउने भन्ने सचेतना फैलाउनुपर्ने र त्यसमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने महशुस गरेर यसप्रकारको कार्यक्रम सातै प्रदेशमा आयोजना गरिएको हो,ु उहाँले भन्नुभयो।

यसअघि अन्य छ प्रदेशमा सम्पन्न अन्तर्क्रियाको अन्तिम कार्यक्रम आइतबार प्रदेश १ मा भएको हो। अन्तर्क्रिया कार्यक्रमको शिलशिलामा सातै प्रदेश पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले आफ्नो अनुरोधमा यति महत्वपूर्ण कार्यक्रम सम्पन्न गर्न प्राविधिक सहयोग उपलब्ध गराएकोमा विश्व स्वास्थ्य संगठन र यसका नेपाल प्रमुखलाई धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले यसप्रकारका कार्यक्रम स्थानीय तहसम्म गर्ने गरी छलफल र तयारी भइरहेको जानकारी गराउनुभयो।

लैंगिक हिंसाको तथ्यांक गम्भीर

कार्यक्रमको अवसरमा अध्यक्ष तिमिल्सिनाले अहिले विश्वव्यापी महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बताउँदै प्रत्येक तीनमध्ये एकजना महिला कुनै न कुनै किसिमको लैंगिक हिंसामा परेको अन्तर्राष्ट्रिय तथ्यांक गम्भीर भएको जानकारी गराउनुभयो।

'महिलाहरू मानसिक यातना, शारिरिक, आर्थिक तथा यौनीकलगायत विभिन्न हिंसामा पर्ने गरेका छन्,' उहाँले भन्नुभयो, 'विभिन्न किसिमका हिंसामा परेका मध्ये १० प्रतिशतले मात्रै न्यायका लागि सम्बन्धित निकायमा उजुरी गर्ने गरेका छन्।यसलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा लाग्नुपर्छ।'

उहाँले विभिन्न क्षेत्रमा पछाडी परेको नेपाल लैंगिक हिंसाको अन्त्य गर्ने कुरामा अगाडि आउनुपर्ने भन्दै त्यसका लागि सबै सरोकारवाला निकाय लाग्नुपर्ने धारणा राख्नुभयो।   

सचेतना फैलाउँन सांसदको भूमिका आवश्यक

अन्तर्क्रिया कार्यक्रममा बोल्दै  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार कोरोना नियन्त्रणका लागि दिनरात काम गरिरहेको बताउनुभयो। उहाँले सांसदहरूले सरकारले गरेका राम्रा कामहरूको सञ्चार गर्न तथा स्वास्थ्य सचेतना जनतामा फैलाउन आग्रह गर्नुभयो।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विज्ञ डाक्टर विनोदप्रसाद गुप्ताले कोभिड-१९ पछाडिको विज्ञान बारे सांसदहरू बीच प्रस्तुतिकरण गर्नुभएको छ।

त्यसैगरी स्वास्थ्य संगठनका रणनीतिक, जोखिम तथा संकट सञ्चार विज्ञ डा। सुनुर वर्माले कोभिड जोखिम सञ्चार तथा समुदायको संलग्नताको महत्व र कोभिड सम्बन्धि अफवहा तथा गलत सूचनाको प्रतिकारमा निर्वाचित प्रतिनिधिको भूमिका बारे प्रस्तुतिकरण दिनुभएको छ।

स्वास्थय संगठनका विज्ञहरूले सरकारले बिरामीको परिक्षण, आइसोलेसन व्यवस्थापन, उपचार तथा सम्पर्कमा आएका व्यक्तिहरुको खोजतलास, क्वान्टाइनको व्यवस्थापन गर्न र जनतालाई सूचित गर्नुपर्ने बताउनुभयो।