६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बा’



अ+ अ-

बुबा अथवा ‘बा’ कति प्यारो शब्द छ यो । नेपाली समाजमा परापूर्व कालदेखि सुनिँदै आएको ‘बा’ शब्द आजभोली लोप हुँदै गइरहेको छ ।

आफ्नो धर्म संस्कृतिलाई पैसामा बेच्न चाहने अहिलेको नेपाली समाजले आफ्नो जन्म र कर्म दिने ‘बा’ शब्दलाई अमेरिकी डलरमा बेचि बाबा र ड्याडीमा पुर्‍याइसकेको छ । आफ्नो मातृभूमीमाथि लात हान्ने हामी नेपाली ‘बा’ शब्दमाथि पनि लात हानी रहेका छौँ ।

सानोमा हामीलाई हातमा समाई हिँड्न सिकाउने ‘बा’ लाई आज बुढो हुँदा हात समाई हिँडाउनु पर्नेमा वुद्धाश्रमको एउटा बन्द कोठामा राख्न थालेका छौँ ।

हिजो मेरा सन्तानलाई माया कम भयो भनी सन्तानको वरिपरी बस्ने ‘बा’ आज हामी तिनै ‘बा’ लाई गाउँमा छोडी आफ्ना छोराछोरी लिएर युरोप अमेरीकामा छौँ ।

हिजो सानो छँदा ‘बा’ ले के खानी छोराछोरी रु भनी सोधेर जे खाना मन छ त्यही ल्याइदिने ‘बा’ आज बिरामी पर्दा तातो पानी सम्म दिन सकेको छैन । कहिल्यै आफूले मन परेको लाउन र खान बिचरा हाम्रा ‘बा’ ले पाउनु भएको छैन ।

आज हाम्रो समाजले ती ‘बा’ का दुःख र सर्घष बिर्सेर ‘बा’ को खोकी अनि बुढो शरिरले आफूलाई दुःख दिएको मात्र सम्झिरहेको छ । सन्तानको खुसीको लागि ‘बा’ ले के गर्नुभएन आफू भोकै बसि सन्तानको पेट भर्नु भयो । आफूले पुरानो लुगा टालेर सन्तानलाई नयाँ लुगा हालिदिनु भयो । त्यही सन्तानलाई दुःख हुन्छ भनेर आफूले हलो जोति सन्तानलाई शिक्षा दिनुभयो तर अपसोच आज त्यही शिक्षाले सन्तान लाई ७ समुन्द्र पारी पुर्‍याएको छ ।

आज ७ समुन्द्रबाट छोराले भन्छ ‘बा’ कति पैसा चाहियो ? अनि ‘बा’ भन्नु हुन्छ बाबु पर्दैन पैसा मलाई पुग्ने यही छ बरु तलाई त्यहा दुःख होला १ आहा कति महान हाम्रा ‘बा’ । आफू ७० बर्ष पुगीसक्दा पनि छोरा तलाई दुःख होला भन्न छोड्नुभको छैन ।

अझै अनुहार मलिनो देख्दा के भयो सन्चो छैन भनेर सोध्ने हाम्रा ‘बा’ लाई हामीले कहिल्यै सोधेका छौँ ? ‘बा’ तपाईको आखा आज चिसो चिसो छ के भयो तपाईलाई केही समस्या पो पर्‍यो कि भनेर ? विचरा हाम्रा ‘बा’ कति दुःख कष्ट र समस्याले पिरोलिदै, कति रात आँशुले सिरानि भिजाउनु भयो होला तर एउटै घरमा बसेको हामी छोराछोरीले उक्त आँशु कहिल्यै देख्नु परेन किनकि ‘बा’ ले आफ्नो आँशु हामी सामु कहिल्यै देखाउनु भएन ।

आज गाउँभरी एक्लै धेरै ‘बा’ हरु हुनुहुन्छ न त समाउने लौरी छ नत दुःख विसाउने चौतारी । छोराछोरीको अनुहार मोबाइलमा हेर्नु परेको छ, नाती नातीनीको झल्को मेट्न कुकुर र बिरालोसँग खेल्नु परेको छ ,दरबारजस्तो घर आज भूत बंगला भएको छ नत दुःख पर्दा साथ दिने हातहरु छन् न त कुनै काम गर्ने आँट र क्षमता छ ।

सन्तानको दुःख पर्दा दुःख बिसाउने अनि खुसी हुँदा हाँसो मिसाउने चौतारी बन्दा–बन्दै आफ्नो हाँसो अनि रोदन मिसाउने दौतरी पनि विचरा ‘बा’ ले पाउनुभएको छैन ।

पैसाले ओड्ने ओछ्यान हुँदा पनि विचरा ‘बा’ वृद्धाभत्ता सन्तानको लागी सँगालेर राखिराख्नु भएको छ । हाम्रा ‘बा’ लाई न त अमेरिकाको सुविधा सम्पन्न शहर चाहिएको छ नत यूरोपको ए.सी.वाला गाडी नै बस बाँचुञ्जेल सन्तानको माया अनि मरेपछि सन्तानको काँध भए हाम्रा ‘बा’हरुलाई पुग्नेछ ।

‘बा’ हजुर महान हुनुहुन्छ जब म बाबु भए तब थाहा भयो ‘बा’ हुनुको महत्व आज बच्चा च्याँ गर्दा छाति चसक्क हुन्छ । हिजो हजुरले हामीलाई गरेको माया आज सम्झिँदै छु । हजुरको त्याग बलिदान र तपस्याले यो स्थानमा पुगे पनि मन हजुर तिर नै लागिरहोस् यही मेरो कामना छ ।

जन्म भूमी भन्दा ठुलो हुन्छ आमा बुबा को काख ,आमाको माया र बुबाको हौसला अनि प्रेरणाले जीवन जिउने गोरेटोमा अघि बढ्दै आज यो स्थितिमा पुर्याउने मेरो बुबा लगाएत सम्पूर्ण बुबा हरुलाई हार्दिक नमन गर्दै बुबा को मुख हेर्ने दिनको शुभकामना ।




भर्खरै