२ आश्विन २०८१, बुधबार
,
Latest
‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण [पूर्णपाठ] इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ? यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री…
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6

नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ ।

भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किको टोली आज श्रीलङ्का प्रस्थान गरेको हो ।

नेपाली टोलीले श्रीलङ्काको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानकानुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ ।

टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् ।

त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद छन् ।