२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ: महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् केन्द्रिय महिला विभागद्वाार आयोजित सामाजिक रुपान्तरणका लागि तिज समसामयिक विमर्श कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबनाउने बताउनु भयो । उहाँले अहिले कमाईको मुख्य श्रोत नै श्रम किनबेच रहेको बताउनु भयो । उहाँले श्रम बेचेर कमाई गर्ने र सामान किनेर खर्च गर्नेकुरा स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा नभएको बताउनु भयो ।

उहाँले यसले देशलाई कमजोर र खोक्रो बनाइरहेको बताउनु भयो । उहाँले देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्ने बताउनु भयो । चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउन पूजा कोठामा प्रयोग गर्ने सामानहरु स्वदेशमै उत्पादित हुनुपर्ने बताउनु भयो । उहाँले देशभित्रको उत्पादनलाई प्रयोग नगरी बाहिरबाट सामान आयात गर्नेकुरा संस्कृति विपरितको कार्य भएको बताउनु भयो । भगवानलाई पनि आफूले उत्पादन गरेको कुराहरु नै चढाउने र भोग लगाउने बानी बसाउनु आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको आफ्नै उत्पादन आधारित किनबेच हुन्छ भने त्यसले अर्थतन्त्र बलियो बनाउँछ । तर आज हामी के गरिरहेका छौँ, सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने । कमाईको मुख्य श्रोत बनेको छ मान्छे बाहिर पठाएर श्रम बेचेर कमाइ गर्ने, सामान किनेर खर्च गर्ने । भन्दाखेरि हाम्रो समाजको जुन प्रकारको ढाँचामा गइरहेका छौँ, यो ढाँचा हाम्रो स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा हो की होइन रु भन्दा, होइन । यसले हाम्रो देशलाई कमजोर बनाइरहेको छ । खोक्रो बनाइरहेको छ । त्यसअर्थमा देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्ने हो भने चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउँछ । हाम्रो पूजा कोठामा प्रयोग गर्ने सामानहरु भारत, चीनबाट ल्याएको सामान प्रयोग गर्नेकुरा संस्कृति विपरित कार्य हो भन्ने बुझाउन सकियो भने राम्रो हो । हाम्रै उत्पादन चढाउने, भगवानलाई । हाम्रो चाडपर्वहरुको मक्सद आफूले गरेका उत्पादनहरुको पहिलो भोग भगवानलाई दिने भनेको हो । संस्कृतिको आधार त्यो हो ।’

महासचिव पोखरेलले सही विचार संप्रेषण गर्नसके समाज रुपान्तरण हुने बताउनु भयो ।