४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी म्यान्मारमा जुम्ल्याहा हात्तीको जन्म



अ+ अ-

एजेन्सी । दक्षिणी म्यान्मारको बागो क्षेत्रमा हात्तीबाट जुम्ल्याहा सन्तान जन्मेका छन् । हात्तीले एकभन्दा बढी बच्चा जन्माउनुलाई दुर्लभ घटनाका रूपमा लिने गरिन्छ ।

अगष्ट २६ मा जन्मिएका केटाकेटी (एक भाले र एक पोथी) दुबै स्वस्थ रहेका र उनीहरूकी आमा पनि स्वस्थ रहेको विङगबाउ हात्ती शिविरका पशु चिकित्सक मायो मिन आङले बताउनुभयो ।

आङका अनुसार पहिले केटो र त्यसको चार मिनेटपछि केटी जन्मिएका थिए ।

जुम्ल्याहा हात्तीले सुरुमा दुई दिनसम्म आमाको दूध पिउन नसक्ने भएकाले उनीहरूलाई बोतलबाट दूध खुवाइएको थियो । तेस्रो दिनदेखि जुम्ल्याहा बच्चाले आमाको दूध खान थालेका छन् ।

सन् १९६० पछि म्यान्मामा हात्तीको जुम्ल्याहा सन्तान जन्मेको जानकारी भएको यो १२ औं घटना हो ।

अहिले विङबाउ हात्ती शिविरमा नयाँ जुम्ल्याहा केटाकेटीसहित नौ वटा हात्ती रहेको र यो दुर्लभ जन्म भएकाले उनीहरूलाई विशेष हेरचाहका लागि व्यवस्था गरिएको उहाँले बताउनुभयो । रासस