काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५ सय ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा २ सय ४४ महिला र ३ सय ४ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ४२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका हुन् ।