१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैँसेपाटीको एक होस्टलमा युवक मृत फेला



अ+ अ-

काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित एक होस्टलमा युवक मृत भेटिएका छन् ।

डीएमआई बाइबल स्कूलको होस्टलमा मोरङका २९ वर्षीय सकुल मर्डी मृत भेटिएका हुन् ।

खाटमा सुतिरहेको अवस्थामा उनी मृत भेटिएका थिए ।

मर्डीमा छारे रोगको पुरानो समस्या रहेको र मृत्युको कारण शंकास्पद नदेखिएको प्रहरीको अनुमान छ ।