६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधार र सिंचाईलाई उच्च प्राथमिकतामा राख्दै रसुवामा बजेट विनियोजन



अ+ अ-

रसुवा। रसुवामा स्थानीय पूर्वाधार र प्रदेश पूर्वाधारको रकमले पूर्वाधार र सिंचाईलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।

प्रतिनिधी सभा सदस्य मोहन आचार्यको स्थानीय पूर्वाधारको रु चार करोड, प्रदेश सांसदद्धय प्रभात तामाङ र प्रेम तामाङ प्रदेश पूर्वाधार कार्यक्रमबाट प्राप्त ६ करोड गरी जम्मा १० करोड रुपैँयाले जिल्लाका पाँचवटै गाउँपालिका समेट्ने गरी करिब ७७ वटा आयोजना छनोट गरिएको छ ।

पूर्वाधार विकास अन्तर्गत खानेपानी, सडक, गुम्बा, सामुदायिक भवन, प्रतिक्षालय, मठ मन्दिर आदि छन् । यस्तै, सिंचाई पूर्वाधार र पर्यटन पदमार्ग निर्माणलाई समेत वजेटले समेटेको छ ।

प्रतिनिधी सभा सदस्य आचार्यको संयोजकत्वमा हालै जिल्लामा सम्पन्न निर्देशक समितिले सो आयोजनाहरु परित गरेको हो । यसअघि जिल्ला परामर्श समितिले जनप्रतिनिधी र स्थानीय सरोकारवालाहरु सँगको छलफलपछि आयोजनाहरु छनोट गरी निर्देशक समितिमा पेश गरेको थियो ।