२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

युक्रेनमा ६६ हजार रूसी सैनिक मारिएको ‘मिडियाजोना’को दाबी

युक्रेनमा ६६ हजार रूसी सैनिक मारिएको ‘मिडियाजोना’को दाबी
फाईल फोटो
अ अ+ अ-

एजेन्सी । युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रूसी सञ्चार माध्यम ‘मिडियाजोना’ले शनिबार जनाएको छ।

‘मिडियाजोना’ले बीबीसी रूसी सेवासँगको सहकार्यमा खुला स्रोतको तथ्याङ्क प्रयोग गरेर ज्ञात सैनिकको मृत्युको सूची तयार गरिरहेको छ।

यसअघि, गत अप्रिलमा उनीहरूले मारिएका ५० हजारभन्दा बढी रूसीको नाम फेला परेको घोषणा गरेका थिए ।

‘मिडियाजोना’ले शनिबार भनेको छ, “अगस्ट ३० सम्म हामीलाई युद्धमा मारिएका ६६ हजार ४७१ रूसी सैनिकको नाम प्राप्त भएको छ ।”

पछिल्लो चार हप्तामा यो सूची चार हजार ६०० भन्दा बढीले बढेको र धेरै सैनिकहरूको मृत्यु सार्वजनिक नगरिएकाले यो निश्चित आँकडा नभएको स्रोतले जनाएको छ ।

‘मिडियाजोना’की एक सञ्चारकर्मी अनास्तासिया अलेक्सिएभाले मृत्यु हुनेको पछिल्लो सङ्ख्या कुस्र्क क्षेत्रमा युक्रेनको आक्रमण वा पूर्वमा रूसको प्रगतिसँग सम्बन्धित नभएको बताउनु भएको छ। “यसको कारण यो हो कि अनुसन्धानकर्ताहरूले अझै पनि मृत्यु रिपोर्टहरूको ब्याकलगमार्फत काम गरिरहेका छन्,” उहाँले भन्नुभयो ।

प्रतिवेदनमा राष्ट्रिय सेवामा संलग्न १७२ जना सैनिक युद्धमा मारिएको पाइएको उल्लेख गरिएको र यो प्रारम्भिक महिनाहरूमा सबैभन्दा बढी हो।

‘मिडियाजोना’का सम्पादक दिमित्री ट्रेश्चानिनले भन्नुभयो, “यी आँकडाहरू पूर्णरूपमा सही नहुन पनि सक्छन् किनभने अनिवार्य सैन्य भर्ती केन्द्रहरूले व्यावसायिक सैन्य सम्झौतामा हस्ताक्षर गर्नका लागि केही आफन्तहरूको नाम दर्ता गरेको हुन सक्छन्।”

‘मिडियाजोना’को विवरणअनुसार सबैभन्दा बढी दक्षिणी गणतन्त्र बाश्कोर्तोस्तानमा दुई हजार ५७८ जनाको मृत्यु भएको छ । यहाँ ठूलो सङ्ख्यामा मुस्लिम समुदायको बसोबास छ ।

समग्रमा सबैभन्दा बढी मृत्यु ३३ देखि ३५ बर्षको उमेर समूहका सैनिकको भएको र यस समूहबाट छ हजार ८७७ जनाको मृत्यु भएको छ।

मृत्यु भएकामध्ये १२ हजारभन्दा बढी कैदीहरू थिए । रूसले कैदीहरूलाई पहिलो चरणको एक अवधिपछि स्वतन्त्रताको आश्वासन दिएर युद्धमा पठाएको छ ।

“तर पछिल्लो समय भर्ती अभियान त्यति सक्रिय छैन, त्यसैले यो सङ्ख्या घटेको छ,” अलेक्सिएभाले भन्नुभयो ।

‘मिडियाजोना’ र बीबीसीले रूसी चिहानहरूको उपग्रहबाट प्राप्त तस्वीरहरूको प्रयोग गर्दै नयाँ मृतकहरूको सङ्ख्या अनुमान गर्न स्वयंसेवकहरूसँग मिलेर फेब्रुअरी २०२२ देखि आधिकारिक रिपोर्ट र मिडियाजस्ता खुला स्रोतबाट प्राप्त हुने जानकारीको प्रयोग गरी मृत्युहरूको गणना गरिरहेका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमहिनामा युक्रेनमा करिब सात लाख रूसी लडिरहेको बताएका थिए ।

मस्कोले ‘विशेष सैन्य अभियान’मा आफूले व्यहोरेको क्षतिबारे तथ्याङ्क विरलै सार्वजनिक गर्ने गर्छ।

सन् २०२२ को सेप्टेम्बरमा रूसी रक्षा मन्त्रालयले युद्धमा पाँच हजार ९३७ सैनिक मारिएको बताएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताउनुभएको थियो ।