२ आश्विन २०८१, बुधबार
,
Latest
इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ? यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री… कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

सरकारले पीडितको रकम फिर्ताको प्रत्याभुति तत्काल दिनुपर्छः सहकारी पीडित महासंघ



अ+ अ-

काठमाडौं । सहकारी पीडित वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तत्काल पीडितको रकम फिर्ता दिने प्रत्याभुति दिलाउन सरकारसँग माग गरेको छ ।

शनिवार सिंहदरबारमा  सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले बोलाएको छलफलमा महासंघका पदाधिकारीहरुले सरकारसँग सो माग गरेका हुन् । उनीहरुले सहकारी पीडितहरुको मागलाई सहज ढंगले बुझिदिन पनि आफूहरुलाई आग्रह गरेको समितिका सभापति सूर्यबहादुर क्षेत्री थापाले जानकारी दिनुभयो । छलफलमा कान्तिपुर, गौतमश्री, लालीगुराँस, देउराली, गुडवील जस्ता सहकारीका वचतकर्ताहरु पनि उपस्थित भएको र उनीहरुबाट पीडितको माग सम्बोधन गर्नका लागि आफूहरुलाई सहज भएको अनुभुति भएको पनि विशेष समितिले जनाएको छ ।

सभापति थापाले भन्नुभयो,‘समस्या समाधानको उपाय वचतकर्ताको वचत रकम फिर्ता प्रत्याभुति हो भन्ने कुरामा उहाँहरुले जोड दिनुभएको छ । कयौं नक्कली ऋणी, नक्कली अरु कारोबार सहकारीको समस्या हो । नक्कलीदावीहरु पनि प्रश्तुत भएको जस्ता कुराहरु पनि राख्नुभएको छ । कान्तिपुर, गौतम श्री, लालीगुराँस, देउराली, गुडवील जस्ता सहकारीमा वचत गरेकाहरु रहेका छन ।  यो छलफलले हामीलाई पीडितको माग सहज ढंगले बुझन सजिलो भएको छ । हामीले उहाँहरुलाई भनेका छौ ऋणी र वचतकर्ता फरक हो ।’

महासंघमा आवद्ध सहकारी पीडितहरुले आफूलाई ठगी गरेको सहकारीमा धर्ना, अनसनलगायतका विरोधका कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन । —न्युज एजेन्सी नेपाल