१० भाद्र २०८३, बुधबार
,
Latest
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले पीडितको रकम फिर्ताको प्रत्याभुति तत्काल दिनुपर्छः सहकारी पीडित महासंघ



अ+ अ-

काठमाडौं । सहकारी पीडित वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तत्काल पीडितको रकम फिर्ता दिने प्रत्याभुति दिलाउन सरकारसँग माग गरेको छ ।

शनिवार सिंहदरबारमा  सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले बोलाएको छलफलमा महासंघका पदाधिकारीहरुले सरकारसँग सो माग गरेका हुन् । उनीहरुले सहकारी पीडितहरुको मागलाई सहज ढंगले बुझिदिन पनि आफूहरुलाई आग्रह गरेको समितिका सभापति सूर्यबहादुर क्षेत्री थापाले जानकारी दिनुभयो । छलफलमा कान्तिपुर, गौतमश्री, लालीगुराँस, देउराली, गुडवील जस्ता सहकारीका वचतकर्ताहरु पनि उपस्थित भएको र उनीहरुबाट पीडितको माग सम्बोधन गर्नका लागि आफूहरुलाई सहज भएको अनुभुति भएको पनि विशेष समितिले जनाएको छ ।

सभापति थापाले भन्नुभयो,‘समस्या समाधानको उपाय वचतकर्ताको वचत रकम फिर्ता प्रत्याभुति हो भन्ने कुरामा उहाँहरुले जोड दिनुभएको छ । कयौं नक्कली ऋणी, नक्कली अरु कारोबार सहकारीको समस्या हो । नक्कलीदावीहरु पनि प्रश्तुत भएको जस्ता कुराहरु पनि राख्नुभएको छ । कान्तिपुर, गौतम श्री, लालीगुराँस, देउराली, गुडवील जस्ता सहकारीमा वचत गरेकाहरु रहेका छन ।  यो छलफलले हामीलाई पीडितको माग सहज ढंगले बुझन सजिलो भएको छ । हामीले उहाँहरुलाई भनेका छौ ऋणी र वचतकर्ता फरक हो ।’

महासंघमा आवद्ध सहकारी पीडितहरुले आफूलाई ठगी गरेको सहकारीमा धर्ना, अनसनलगायतका विरोधका कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन । —न्युज एजेन्सी नेपाल