२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

अमेरिकामा सुरु भयो इन्ट्रा कप फुटबल

अमेरिकामा सुरु भयो इन्ट्रा कप फुटबल
अ अ+ अ-

न्यूयोर्क । अमेरिकाको ओहायोमा इन्ट्रा कप-२०२४ फुटबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता ओहायो राज्यको एक्रोन सहरस्थित कोप्ले सकर कम्प्लेक्समा अगष्ट ३० तारिक शुक्रबारदेखि सुरु भएको हो ।

प्रतियोगितामा अमेरिकामा रहेका नेपाली मूलका ३० वर्षमुनि, ३० देखि ३९ वर्ष र ४० वर्षदेखि माथिका पुरुष भेट्रान्स गरी तीन समूहका बेग्लाबेग्लै खेलहरू तय गरिएका छन् भने महिलातर्फ अन्तरराज्यस्तरीय प्रतिस्पर्धा हुनेछ । यसैगरी १६ वर्षमुनिका किशोर किशोरीका टीमबीच पनि प्रतिस्पर्धा हुनेछ ।

पिसजोन क्लबसँगको सहकार्यमा इन्ट्रा(नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित खेलमा युवायुवती र भेट्रान्सतर्फ गरी ३४ वटा टीम दर्ता भएका छन् । किशोर किशोरीतर्फ २९ वटा टीम दर्ता भएका छन् ।

सबै उमेर समूह र सबै टीमका गरी करिब एक हजार चार सय खेलाडी सहभागी प्रतियोगिता उद्घाटन इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले गर्नुभएको थियो । त्यस अवसरमा उहाँले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी खेलप्रेमीलाई एक ठाउँमा ल्याइ आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले खेल आयोजना गरिएको बताउनुभयो ।

३० वर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योंग गाईज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी छन् ।

४० वर्षमुनिको सिनियर युथ तर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्स, सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेटान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेटान्स छन् ।

यसैगरी ४० वर्षमाथिका भेट्रान्स समूहतर्फ कोलम्बस भेट्रान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेट्रान्स, सागिना भेट्रान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेट्रान्स एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ पिसजोन एकेडेमी गर्ल्स, माउण्टेनियर्स एफसी, नर्थ डकोटा साइनिङ्ग स्टार र योद्धा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।