• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   बालेनको कटाक्ष : ‘खड्गप्रसादका कारण बालदिवसको शुभकामना दिन सकिनँ’ ★   सहकारी छानविन समितिसँग प्रधानमन्त्रीको आग्रहः अनुहार होइन, व्यवहार हेरेर निस्कर्ष निकाल्नुस् ★   पाल्पाले पर्यटनलाई पर्याय बनाउनु पर्छ: अध्यक्ष ढकाल ★   राष्ट्रपति पौडेलद्वारा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण ★   साउथह्याम्प्टनमाथि म्यान्चेस्टर युनाइटेडको सहज जित ★   नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री ★   ‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’ ★   ‘नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ’ ★   राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित ★   गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु

बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छः अर्थमन्त्री पौडेल



लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा आज अस्पताल विकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखसँगको छलफलमा अर्थमन्त्री पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउन सरकारले पनि पहल गर्ने बताउँदै यसमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । यहाँको विकास भनेको प्रादेशिक अस्पताल र यसले दिने गुणस्तरीय सेवासँग पनि जोडिने भएकाले सोहीअनुसार लाग्न सबैलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले बुटवलको विकास र समृद्धिका लागि सबै एकजुट भएर कार्यसम्पदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न अस्पताल परिवारलाई आग्रह गर्नुभयो ।

अस्पतालमा निर्माणाधीन अत्याधुनिक १२ तले भवन सम्पन्न भएपछि यहाँको स्वास्थ्य सेवामा ठूलो फड्को मार्न सकिने बताउँदै अर्थमन्त्री पौडेलले सरकारकोतर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभएको उल्लेख गर्दै उहाँले दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणको व्यवस्थापन पनि महत्वपूण विषय रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुनासोरहित सेवा नागरिकको अपेक्षा रहेको बताउँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । शल्यक्रिया तथा अन्य सेवाका लागि महिनौंँ कुर्नुुपर्ने विषयसँग सम्बन्धित बजारमा आएका टिप्पणी उठाउँदै उहाँले सुधारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेकाले अस्पताल परिवारले पनि जिम्मेवारीपूर्ण काम गर्न आग्रह गर्नुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारको आयोजनामा निर्माणाधीन भवन निर्धारित समयमा सम्पन्न भई सञ्चालनमा आउने बताउनुभयो । “आयोजना जसले सञ्चालन गरे पनि जनताले कमजोरी तथा ढिलासुस्तीका विषयमा सबैभन्दा पहिलो विकास समिति, अस्पताल प्रशानलाई प्रश्न उठाउने भएकाले अस्पताल परिवारसँग आयोजनाले समन्वय गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठले आयोजना कार्यान्वयनका लागि समन्वय गर्न प्रदेश पूर्वाधार प्राधिकरणसँग आग्रह गर्नुभयो । अस्पतालको सेवाका विषयमा बजारमा आएका आलोचनाबारे बोल्दै उहाँले सीमित जनशक्ति र स्रोतसाधानले ठूलो जनसङ्ख्यालाई सेवा प्रदान गर्नुपरेको स्पष्ट पार्नुभयो । अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी सेवाग्राहीको भीड लाग्दा महिनौँसम्म लाइन लाग्नुपर्ने स्थितिको सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो ।

अस्पतालको विभागीय प्रमुखकोतर्फबाट डा वर्षा थापाले हाल उपलब्ध जनशक्ति भन्दा पनि तीनगुणा बढी सेवाग्राहीलाईसेवा उपलब्ध गराउनुपरेको जानकारी गराउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन ९मेसु० डा इन्द्र ढकालले अस्पतालको सेवा सुधार तथा विस्तारका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढिरहेको जानकारी दिनुभयो । अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने समस्यालाई कम गर्न छिट्टै उपकरण तथा कार्यकक्ष थप गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । रासस