• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   ‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’ ★   ‘नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ’ ★   राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित ★   गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु ★   यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ : प्रधानमन्त्री ओली ★   नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति: प्रधानमन्त्री ★   बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते ★   ‘होस्टेल ३’ मा कुन भूमिकामा देखिँदैछन् आर्यन सिग्देल र परीक्षा लिम्बु ? ★   सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने ★   उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्ः प्रचण्ड

क्वाटरफाइनलमा पराजित भइन् पलेशा



काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारालिम्पिकको क्वाटरफाइनलमा पराजित भएकी छन् ।

शुक्रबार भएको खेलमा उनी ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएकी हुन्।

के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यो स्पर्धाको पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् ।

यद्यपि, पहिलो चरणमा जित निकालेका कारण पलेशाको रिपाचेज खेल्ने अवसर बाँकी नै छ ।