१९ माघ २०८१, शनिबार
,
Latest
कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जति नै हल्ला मच्चाएपनि कुनै पनि हालतमा सरकार परिवर्तन हुँदैनः मन्त्री ज्ञवाली



अ+ अ-

तम्घास । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा अस्थिरता चाहने शक्तिहररुले जति नै हल्ला मच्चाएपनि कुनै पनि हालतमा सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ । मन्त्री ज्ञवालीले गृह जिल्ला गुल्मीमा रहेका सत्यवती गाउँपालिकाका विभिन्न कार्यक्रममा बोल्दैे यस्तो बताउनुभएको हो । 

देशमा धेरै समय पछि राजनीतिक स्थायीत्व कायम भएको कुराको विरुद्दमा रहेकाहरुले जति नै हल्ला मच्चाएपनि कुनै पनि हालतमा सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभएको हो । 

उहाँले सरकारले राम्रो काम गरेको र केका लागि सरकार परिवर्तन भन्दै प्रश्न समेत गर्नुभयो । त्यसैगरी बोल्नेक्रममै उहाँले पछिल्लो समय पार्टीमा देखिएको विवाद छलफल र बैठकको माध्यमबाट नै समाधान हुने पनि बताउनुभयो । उहाँले ठुलो परिवारमा कहिले काँही विवादहरु सृजना हुनु सामान्य रहेको र त्यसलाई छलफल र बैठकको माध्यमबाट समाधान गरिने बताउनुभयो ।