५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई शंकटबाट मुक्त गर्न राप्रपाले भुमिका खेल्नुपर्छ: पूर्वअध्यक्ष लोहनी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशलाई संकटबाट मुक्त गर्न राप्रपाले भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा संकट छ भन्नेहरु धेरै भएपनि त्यसको समाधान गर्नेहरु नपाएको बताउनु भयो । उहाँले अरु राजनीतिक दलहरुले पनि संकट रहेको भनिरहेपनि संकटमुक्त कसरी गर्ने भन्ने योजनासहित राप्रपा अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले देशको नेतृत्व गर्ने योजनासहित राप्रपा मैदानमा उत्रिनु आवश्यक रहेको बताउनु भयो । उहाँले राप्रपाले बोलेका कुराहरुले नागरिकमा कस्तो प्रभाव परेको छ भन्नेबारेमा जनस्तरमा पुगेर सुझाव लिनुपर्ने बतउनु भयो । उहाँले पार्टीमा कसैलाई पनि देवत्वकरण नगरी यथार्थ आवाज उठाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ठिक छ, देशमा संकट छ भनेर त हामीले ठाउँ ठाउँमा भनेका छौँ । अरु पार्टीले पनि भनेको छ । माओवादी र एमाले पनि त्यही भन्छ । यो संकटको परिस्थितिमा हामीले खेल्ने भुमिका के ? राप्रपाले भोलि देशलाई हाँक्ने किसिमले जान खेल्ने भुमिको के ? हामीले बोलेका कुराले जनतामा केही प्रभाव परेको छ, सन्देश के गएको छ? त्यसको बारेमा पनि बताउनुस् । पार्टीमा तपाईंहरुले कसैलाई पनि देवत्वकरण गर्ने काम नगर्नुस् । यो पार्टी हामी सबैको हो । सबै कार्यकर्ताहरुको हो । पार्टीमा ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्नुस् ।’

नेता लोहनीले संसद अहिले संसद जसरी चल्न नसकेको बताउनु भयो ।