२२ असार २०८३, सोमबार
,
Latest
एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई शंकटबाट मुक्त गर्न राप्रपाले भुमिका खेल्नुपर्छ: पूर्वअध्यक्ष लोहनी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशलाई संकटबाट मुक्त गर्न राप्रपाले भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा संकट छ भन्नेहरु धेरै भएपनि त्यसको समाधान गर्नेहरु नपाएको बताउनु भयो । उहाँले अरु राजनीतिक दलहरुले पनि संकट रहेको भनिरहेपनि संकटमुक्त कसरी गर्ने भन्ने योजनासहित राप्रपा अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले देशको नेतृत्व गर्ने योजनासहित राप्रपा मैदानमा उत्रिनु आवश्यक रहेको बताउनु भयो । उहाँले राप्रपाले बोलेका कुराहरुले नागरिकमा कस्तो प्रभाव परेको छ भन्नेबारेमा जनस्तरमा पुगेर सुझाव लिनुपर्ने बतउनु भयो । उहाँले पार्टीमा कसैलाई पनि देवत्वकरण नगरी यथार्थ आवाज उठाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ठिक छ, देशमा संकट छ भनेर त हामीले ठाउँ ठाउँमा भनेका छौँ । अरु पार्टीले पनि भनेको छ । माओवादी र एमाले पनि त्यही भन्छ । यो संकटको परिस्थितिमा हामीले खेल्ने भुमिका के ? राप्रपाले भोलि देशलाई हाँक्ने किसिमले जान खेल्ने भुमिको के ? हामीले बोलेका कुराले जनतामा केही प्रभाव परेको छ, सन्देश के गएको छ? त्यसको बारेमा पनि बताउनुस् । पार्टीमा तपाईंहरुले कसैलाई पनि देवत्वकरण गर्ने काम नगर्नुस् । यो पार्टी हामी सबैको हो । सबै कार्यकर्ताहरुको हो । पार्टीमा ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्नुस् ।’

नेता लोहनीले संसद अहिले संसद जसरी चल्न नसकेको बताउनु भयो ।