१९ माघ २०८१, शनिबार
,
Latest
एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब बेसहारा भएर कोहीपनि सडकमा सुत्न पर्दैन, सरकार साथमा छ : राज्यमन्त्री मानन्धर



अ+ अ-

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । 

सोमबार गुरु नानक जयन्तिका अवसरमा काठमाडौंको बालाजु म्हेपीमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले सरकारले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको व्यवस्थापनका लागि काम गरिरहेको बताउनुभएको हो । मानवताका लागि र मानव सभ्यताको विकासका गुरु नानकले देखाएको मार्गदर्शन अवलम्वन गर्न सक्नुपर्नेमा मन्त्री मानन्धरको जोड छ । राजधानी काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रमा सडकमै जीवन विताइरहेकाहरुको उचित व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माणलाई तिब्रता दिइने मन्त्री मानन्धरले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अनुरुप सडक मानव मुक्त अभियानलाई तिब्रता दिइएको बताउँदै मन्त्री मानन्धरले काठमाडौंमा उद्दार गरिएकाहरुलाई व्यवस्थित रुपमा बसोबास गराउनका लागि आश्रम निर्माण थालिने बताउनुभयो । 

मन्त्री मानन्धरले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको जीवन रक्षा र जिवीकोपार्जनसहित आगामी दिन सहज बनाउने दायीत्व राज्यको भएकाले सरकारले उनीहरुको उचित व्यवस्थापन गर्ने बताउनुभयो । 

सरकारले काठमाडौंको तारकेश्वर नगरपालिकाको तीनपिप्ले नजिकै पाँचमानेमा आश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउन लागेको जानकारी दिंदै मन्त्री मानन्धरले व्यवस्थीत रुपमा आश्रम निर्माण हुने दाबी गर्नुभयो ।  

प्रस्तावित निर्माण स्थलको आइतबार मात्रै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसहित मन्त्री मानन्धरको टोलीले अवलोकन गरेको थियो । 

मन्त्री मानन्धरले अभिभावकबिहीन नागरिकको अभिभावकका रुपमा सरकार रहेको बताउनुभयो । मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीको बिशेष चासो र निर्देशन बमोजिम सडक मानवमुक्त अभियान सञ्चालन भइरहेको बताउँदै उद्दार गरिएकाहरुलाई व्यवस्थित बसोबासको प्रवन्ध हुने बताउनुभयो । बेसहारा र अलपत्र नागरिकको जिम्मेवारी राज्यले लिने बताउँदै मन्त्री मानन्धरले कसैले पनि बेसहारा भएको र एक्लो परेको महशुस हुन नदिइने बताउनुभयो । प्रधानमन्त्री ओलीको विशेष चासोका रुपमा रहेको सडक मानव मुक्त अभियानलाई सफल बनाउन सबैले साथ दिनुपर्नेमा मन्त्री मानन्धरको जोड थियो ।

मन्त्री मानन्धरले समृद्ध नेपाल सुखी नेपालीको नारा व्यावहारमा उतार्न बर्तमान सरकार क्रियाशील रहेको बताउँदै नागरिकको जीवनस्तर उकास्ने काम भइरहेको बताउनुभयो । समृद्धि हासिल गर्नका लागि थप मेहनतको आवश्यकता परेको बताउँदै कोरोना महामारीबीच पनि सरकारले विकास आयोजनाहरुलाई तिब्रता दिइरहेको बताउनुभयो । 

शहरी क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले गुरुयोजनासहित काम गरिरहेको बताउँदै देशभरका शहरउन्मुख क्षेत्रहरुमा आवश्यक प्राविधिसहित व्यवस्थित शहरिकरण गरिने बताउनुभयो । 

पार्टी भित्रको आन्तरिक विवाद केही समयमै समाधान हुने बताउँदै मन्त्री मानन्धरले सरकारलाई थप बलियो बनाउनेगरी छलफल अघि बढ्ने बताउनुभयो। स्थिर सरकार र दिगो विकासका लागि जनताले नेकपालाई जिम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्धि हासिल हुने दाबी समेत गर्नुभयो ।

मन्त्री मानन्धरले ठुला पूर्वाधारका आयोजनाहरु र समृद्धिको आधारका रुपमा रहेका गौरवका आयोजनाहरुको काम धमाधम भइरहेकाले केही समयमै परिणाम देखिने दाबी गर्नुभयो ।