४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अब बेसहारा भएर कोहीपनि सडकमा सुत्न पर्दैन, सरकार साथमा छ : राज्यमन्त्री मानन्धर

अब बेसहारा भएर कोहीपनि सडकमा सुत्न पर्दैन, सरकार साथमा छ : राज्यमन्त्री मानन्धर
अ+ अ-

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । 

सोमबार गुरु नानक जयन्तिका अवसरमा काठमाडौंको बालाजु म्हेपीमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले सरकारले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको व्यवस्थापनका लागि काम गरिरहेको बताउनुभएको हो । मानवताका लागि र मानव सभ्यताको विकासका गुरु नानकले देखाएको मार्गदर्शन अवलम्वन गर्न सक्नुपर्नेमा मन्त्री मानन्धरको जोड छ । राजधानी काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रमा सडकमै जीवन विताइरहेकाहरुको उचित व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माणलाई तिब्रता दिइने मन्त्री मानन्धरले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अनुरुप सडक मानव मुक्त अभियानलाई तिब्रता दिइएको बताउँदै मन्त्री मानन्धरले काठमाडौंमा उद्दार गरिएकाहरुलाई व्यवस्थित रुपमा बसोबास गराउनका लागि आश्रम निर्माण थालिने बताउनुभयो । 

मन्त्री मानन्धरले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको जीवन रक्षा र जिवीकोपार्जनसहित आगामी दिन सहज बनाउने दायीत्व राज्यको भएकाले सरकारले उनीहरुको उचित व्यवस्थापन गर्ने बताउनुभयो । 

सरकारले काठमाडौंको तारकेश्वर नगरपालिकाको तीनपिप्ले नजिकै पाँचमानेमा आश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउन लागेको जानकारी दिंदै मन्त्री मानन्धरले व्यवस्थीत रुपमा आश्रम निर्माण हुने दाबी गर्नुभयो ।  

प्रस्तावित निर्माण स्थलको आइतबार मात्रै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसहित मन्त्री मानन्धरको टोलीले अवलोकन गरेको थियो । 

मन्त्री मानन्धरले अभिभावकबिहीन नागरिकको अभिभावकका रुपमा सरकार रहेको बताउनुभयो । मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीको बिशेष चासो र निर्देशन बमोजिम सडक मानवमुक्त अभियान सञ्चालन भइरहेको बताउँदै उद्दार गरिएकाहरुलाई व्यवस्थित बसोबासको प्रवन्ध हुने बताउनुभयो । बेसहारा र अलपत्र नागरिकको जिम्मेवारी राज्यले लिने बताउँदै मन्त्री मानन्धरले कसैले पनि बेसहारा भएको र एक्लो परेको महशुस हुन नदिइने बताउनुभयो । प्रधानमन्त्री ओलीको विशेष चासोका रुपमा रहेको सडक मानव मुक्त अभियानलाई सफल बनाउन सबैले साथ दिनुपर्नेमा मन्त्री मानन्धरको जोड थियो ।

मन्त्री मानन्धरले समृद्ध नेपाल सुखी नेपालीको नारा व्यावहारमा उतार्न बर्तमान सरकार क्रियाशील रहेको बताउँदै नागरिकको जीवनस्तर उकास्ने काम भइरहेको बताउनुभयो । समृद्धि हासिल गर्नका लागि थप मेहनतको आवश्यकता परेको बताउँदै कोरोना महामारीबीच पनि सरकारले विकास आयोजनाहरुलाई तिब्रता दिइरहेको बताउनुभयो । 

शहरी क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले गुरुयोजनासहित काम गरिरहेको बताउँदै देशभरका शहरउन्मुख क्षेत्रहरुमा आवश्यक प्राविधिसहित व्यवस्थित शहरिकरण गरिने बताउनुभयो । 

पार्टी भित्रको आन्तरिक विवाद केही समयमै समाधान हुने बताउँदै मन्त्री मानन्धरले सरकारलाई थप बलियो बनाउनेगरी छलफल अघि बढ्ने बताउनुभयो। स्थिर सरकार र दिगो विकासका लागि जनताले नेकपालाई जिम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्धि हासिल हुने दाबी समेत गर्नुभयो ।

मन्त्री मानन्धरले ठुला पूर्वाधारका आयोजनाहरु र समृद्धिको आधारका रुपमा रहेका गौरवका आयोजनाहरुको काम धमाधम भइरहेकाले केही समयमै परिणाम देखिने दाबी गर्नुभयो ।