२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षको उत्कृष्ट खेलाडीले कार पाउने



अ+ अ-

काठमाडौँ । वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीले कार पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई कार दिने भएको हो ।

एनफाको मंगलबार र बिहीबार बसेको कार्यसमितिको बैठकले वर्षमा महिला तथा पुरुषको उत्कृष्ट खेलाडी घोषणा गरी प्रोत्साहन स्वरुप कार प्रदान गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ र मोटरसाइकलरस्कुटर तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड स्वरुप ५ लाख रुपैयाँ र मोटरसाइकलरस्कुटर प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, एन्फाले उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोटका लागि एन्फा केन्द्रिय सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा हरि खड्का र सञ्जिव मिश्र सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ ।

हेर्नुहोस् अन्य निर्णयहरुः