१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटकमा प्रधानमन्त्री ओली, पहिलो भिडिओ एक लाख भ्युज कट्यो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्री ओलीले @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा ल्याएका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले पहिलादेखि नै फेसबुक र ट्विटर एकाउन्ट खोलेका थिए । ओलीले आफ्ना धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्याउन खोजेको सचिवालयका एक सदस्यले बताए । 

नयाँ पुस्तामाझ चर्चित टिकटकमा प्रधानमन्त्रीको पहिलो भिडिओमा एक लाख भ्युज कटेको छ भने टिकटकले एकाउन्ट भेरिफाइ गरिसकेको छ।