१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यसचिवको दौडमा रहेका ज्ञवालीको राजीनामा



अ+ अ-

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

मुख्यसचिव बन्ने दौडमा रहेका ज्ञवालीले सरकारले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेलगत्तै राजीनामा दिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेका थियो । अहिलेकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।

मुख्यसचिव बन्ने दौडमा चार जना सचिव थिए । जसमध्ये ज्ञवाली बरियताको आधारमा पहिलो नम्बर थिए ।