• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

मुख्यसचिवको दौडमा रहेका ज्ञवालीको राजीनामा



काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

मुख्यसचिव बन्ने दौडमा रहेका ज्ञवालीले सरकारले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेलगत्तै राजीनामा दिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेका थियो । अहिलेकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।

मुख्यसचिव बन्ने दौडमा चार जना सचिव थिए । जसमध्ये ज्ञवाली बरियताको आधारमा पहिलो नम्बर थिए ।