• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

राजा आउ देश बचाउ भन्दै काठमाडौंमै घन्कियो नारा, हेरौ यी तस्विरहरु



काठमाडौं । सबैधानीक राजतन्त्रको पक्षमा काठमाडौमा प्रदर्शन भएको छ ।

माईतिघरमामा भएको बृहत प्रदर्शनमा संघीयताको खारेजी, सनातन हिन्दु राष्ट्रलाई कायम राख्नु पर्ने राजसंस्थाको स्थापना गर्न दवाब दिने उद्देश्यले प्रर्दशन गरिएको राष्ट्रिय शक्ति नेपाल अभियानका प्रबक्ता अनिल योगीले जानकारी दिनुभयो । 

राष्ट्रिय शक्ति नेपालको  संयोजनमा भएको प्रर्दशनमा  राष्ट्रिय सरोकार मन्च लगायतका राष्ट्रवादी संघ, संस्थाको पनि सहभागिता जनाएका थिए ।

राजा जनता एक हो’ भन्दै प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा घन्काएका थिए । केही दिन यता मुलुकका बिभिन्न भागमा यीनै माग सहित बृहत प्रर्दशन भै रहेका छन् ।