१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

टिआरसी विधेयक पीडितमैत्री छ: कानूनमन्त्री चौरसिया

टिआरसी विधेयक पीडितमैत्री छ: कानूनमन्त्री चौरसिया
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदले पास गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पूर्णरुपमा पीडितमैत्री भएकोले सबैले विश्वाश गर्न आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा बलपूर्वक बेपत्ता पारिएकाहरुको अन्तर्राष्ट्रिय दिवशको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौरसियाले टिआरसी विधेयक पीडितमैत्री भएको बताउनुभएको हो । संसोधित कानूनले मानवता बिरुद्धको जुनसुकै अपराधमा पीडितको सहमति बेगर केही हुन नसक्ने व्यवस्था गरेकोले ढुक्क भएर आयोगलाई काम गर्न दिनुपर्ने बताउनु भयो । कानूनले पीडितको सहमतिलाई महत्व दिएकाले सत्यको अन्वेषण हुने, परिपूरण वा सजाय वा मेलमिलाप जे पनि हुनसक्ने व्यवस्था गरेको मन्त्री चौरसियाले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा महान्यायधिवक्ता रमेश बडालले संसोधित कानूनअनुसार बन्ने कानूनले सत्यको अन्वेषण गर्न बढी महत्व दिएकोले आयोग बनाउन ढिलो गर्न नहुने बताउनु भयो । सत्यको अन्वेषण भएपछि मात्र थप प्रक्रिया अगाडी बढ्ने भएकोले सबैले सघाउन आग्रह गर्नुभयो । सत्य निरुपण गराउने विषयमा सार्वभौम संसदले अन्तिम निष्कर्ष दिने भएकोले पीडित पक्षले आयोगलाई विश्वाश गर्नुपर्ने बताउनु भयो । सत्यको अन्वेषणपछि मात्र मेलमिलाप,परिपूरण वा मुद्दामा जाने प्रक्रिया अगाडी बढ्ने भएकोले कानून पीडितमैत्री बनेको स्पष्ट पार्नुभयो । पीडित पक्षको सहमतिमा नै कानूनले काम गर्ने भएकोले महान्यायधिवाक्ताको कार्यालले गर्ने काममा विश्वाश गर्न आग्रह गर्नुभयो ।संवैधानिक दायित्व पूरा गर्न पूर्णरुपमा प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा द्वन्द्वपीडितको पक्षमा वकालत गर्दै आउनुभएका वरिष्ट अधिवक्ता एकराज भण्डारीले संसदले बनाएको कानूनलाई प्रारम्भिक रुपमा स्वागत गरेको बताउनु भयो । कानूनको कार्यन्वयन पीडितमैत्री हुन्छ की हुँदैन भनेर द्वन्दपीडित परिवारले हेर्ने बताउनु भयो ।

कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव लोकराज पराजुलीले आयोगलाई काम भन्दा बढी कुरा गर्ने आरोप लागेको गुनासो गर्नुभयो । नयाँ कानूनअनुसार बन्ने आयोग र त्यसका पदाधिकारीहरुलाई कुरा भन्दा बढी काम गर्ने बनाउन जरुरी रहेको बताउनु भयो । आयोगलाइ आवश्यक श्रोत र सामग्रीको परिपूरण र व्यवस्था गर्न सरकारले छिटो निर्णय लिनुपर्ने बताउनु भयो ।

लामो समयदेखिको विवाद र राजनैतिक खिचातानीको मारमा परेको बेपत्ता पारिएका व्यक्तिको छानबिनको विषय र सत्य निरुपण तथा मेलमिलापको विषय निष्कर्षउन्मुख बनेको छ । विगतमा आयोग बनेर काम गरेपनि उल्लेख्य प्रगति हासिल गरेको थिएन । बेपत्ता पारिएका व्यक्तिको छानबिनको विषय र सत्य निरुपण तथा मेलमिलापको बिषयमा १८ वर्षपछि राष्ट्रिय सहमति जुटेको अवस्था छ । संसदले संसोधन गरेको कानूनमा पिडित पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ ।