२५ श्रावण २०८३, सोमबार
,
Latest
यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक



अ+ अ-

काठमाडौँ । यो सातामा कारोबारका अघिल्ला दुई दिन लगातार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० को विन्दुमा कायम भएको हो ।

आज दुई सय २६ कम्पनीको तीन करोड ५० लाख सात हजार ३९ कित्ता शेयर एक लाख ६८ हजार एक सय ७५ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार तीन सय ९३ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन शून्य दशमलव ०९, जलविद्युत् शून्य दशमलव ४९ र लगानी एक दशमलव ०१ प्रतिशतले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०३, म्युचुअल फण्ड शून्य दशमलव ९३ र अन्य समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । व्यापार एक दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ९७, लघुवित्त एक दशमलव ०८, जीवन बीमा शून्य दशमलव ४४, वित्त एक दशमलव ६९ र विकास बैंक शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।

लिबर्टी इनर्जी कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ८८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको रु ४३ करोड सात लाख ८६ हजार नौ सय बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिस सिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १० लाख ६० हजार दुई सय ८४ कित्ता शेयर खरिदबिक्री भएको छ । रासस