१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार पहिलो घण्टामा शेयर बजार ०.९२ अंकले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौं । मंगलबार कारोबारको पहिलो घण्टामा शेयर बजार परिसूचक शून्य दशमलव ९२ अंकले बढेको छ । पहिलो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको रू. २ अर्ब ४४ करोड ५८ लाख बराबरको ७७ लाख १४ हजार ४०२ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार २२ हजार ६२२ पटकको व्यापारमा भएको हो । २ हजार ००९ दशमलव ४६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य ५ प्रतिशत बढेर १ हजार ९९७ दशमलव ९८ विन्दुमा पुगेको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ६ ओटा समूहको परिसूचक घटेको छ भने बाँकी ६ ओटा समूहको परिसूचक बढेको छ । जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ५६ प्रतिशतले बढेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३० करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.१ हजार ५३० मा कारोबार भइरहेको छ ।