६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुण्डाईका गाडी अनलाइनबाट खरिद गर्दा १० हजार बराबरको सर्भिस भौचर सुविधा



अ+ अ-

काठमाडौं। हुण्डाई गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अनलाइनबाट गाडी खरीद गर्ने सुविधा ल्याएको छ।  कोभिड १९ को सावधानी अपनाउँन कम्पनीले यो सेवा सुरु गरेको हो। कम्पनीको आधिकारिक वेवसाइटबाट क्लिक टु वाइ सेवा सुरु गरेको हो। 

कम्पनीले अनलाइनबाट गाडी किनेमा छुट समेत दिने बताएको छ। कम्पनीले अनलाइनबाट गाडी खरीद गरेमा १० हजार रुपैयाँको सर्भिस भौचर समेत दिने जनाएको छ। ग्राहकले सर्भिस भौचर हुण्डाईको नेपालभरि रहेका कुनै पनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर्स पार्ट्स र ल्यूब्रिकेन्टस् खरीद गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो भौचरको गाडी डेलिभरी गरेको मितिबाट एक वर्षसम्म सुविधा रहने कम्पनीले जनाएको छ ।