२ माघ २०८१, बुधबार
,
Latest
पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढ्यो शुद्ध खानेपानी तथा सरसफाईको क्षेत्रमा आवश्यक सहयोग गर्न मन्त्री यादवको आग्रह धरौटी बुझाएर रिहा भए रवि लामिछाने सुशासन र विकासका लागि सहमतिमै अध्यादेशहरु ल्याइएको होः प्रधानमन्त्री कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा पोखरेल नियुक्त अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँः रास्वपा सर्वोच्चले खारेज गर्‍यो रिट, अरुण चौधरीको सांसद पद जोगियो रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेशमा के छ ? (पूर्णपाठ) बालेनको कटाक्षः खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो: प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा गोली हानेर २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या



अ+ अ-

काठमाडौं । अमेरिकाको टेक्सासस्थित ह्युष्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या भएको छ । पाण्डेको शव गोली लागेको अवस्थामा फेला परेको हो ।

छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा मुनाको शव भेटिएको हो । लगत्तै प्रहरीलाई खबर गरिएको थियो । स्थानीय समयअनुसार सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको हो ।

घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटना कसरी भयो भन्ने पत्ता लागेको छैन । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको छ । घटनासँग सम्बन्धित कसैलाई पक्राउ गरिएको छैन ।

नेपालको भोजपुरकी पाण्डे ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत थिइन् । उनी ३ बर्ष अगाडि सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेको बताइएको छ । उनी परिवारमा एकमात्र सन्तान भएको बताइएको छ ।

शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनास्थलमा कुनै हतियार पनि नभेटिएको प्रहरीले जनाएको छ ।