२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

मंगलबार नेप्से परिसूचक सामान्य अंकले उकालो, २ हजार दशमलव ४० विन्दुमा पुगेर बन्द

मंगलबार नेप्से परिसूचक सामान्य अंकले उकालो, २ हजार दशमलव ४० विन्दुमा पुगेर बन्द
अ अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक २ हजार दशमलव ४० विन्दुमा पुगेको छ । यो दिन बजार १ हजार ९६५ दशमलव ६८ विन्दुसम्म झरेको थियो । सोमबार १ हजार ९९७ दशमलव शून्य ५ विन्दुमा बन्द भएको बजार मंगलबार २ हजार ९ दशमलव ४६ विन्दुदेखि खुला भएको थियो । मंगलबार बजार २ हजार २२ दशमलव २६ विन्दुसम्म पुगेर तल झरेको हो । यो दिन सोमबारको तुलनामा भने बजार ३ दशमलव ३५ अंक माथि उक्लिएको छ । नेप्से परिसूचक सामान्य अंकले बढेपनि मंगलबार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ७७ अंकले घटेर ३८३ दशमलव ७९ विन्दुमा झरेको छ । 

मंगलबार अघिल्लो कारोबार दिनको भन्दा परिसूचकमा वृद्धि भएपनि कारोबार रकम भने कम भएको छ । यो दिन रू. ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार बराबरको शेयर कारोबार भएको हो । मंगलबार १९७ कम्पनीको ६७ हजार ३५५ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता शेयर कारोबार भएको हो । सोमबार रू. ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार बराबरको शेयर कारोबार भएको थियो । 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको कारोबारसँगै सर्वाधिक मूल्य वृद्धि भएको छ । कम्पनीको रू. ६५ करोड ७९ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस कम्पनीको शेयरमूल्य पनि सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. १४५ ले बढेको कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ५९९ पुगेको छ ।नेपाल पुनर्बीमा कम्पनीसँगै यो दिन रसुवागढी हाइड्रोपावर, अपर तामाकोशी, नेपाल दूरसञ्चार कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रसुवागढी हाइड्रोको ९ दशमलव ९६ प्रतिशतले बढेर अन्तिम मूल्य रू. २७६, अपर तामाकोशीको ९ दशमलव ८५ प्रतिशत बढेर अन्तिम मूल्य रू. ३५७, नेपाल दूरसञ्चार कम्पनीको ९ दशमलव ७१ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार १७५ र साञ्जेन जलविद्युतको ९ दशमलव ६५ प्रतिशत बढेर अन्तिम मूल्य रू २५० पुगेको हो ।

यो दिन ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ७ दशमलव ७३ प्रतिशतले घटेको छ । यस बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम मूल्य रू. १६७ मा झरेको हो । मंगलबार अन्य समूहको परिसूचक सर्वाधिक ६ दशमलव ८७ प्रतिशतले बढेको छ भने व्यापारिक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ४२ अंकले घटेको छ । यो दिन बैंकिङ समूहको २ दशमलव ६९ प्रतिशत, होटलको १ दशमलव शून्य ३ प्रतिशत, विकास बैंकको २ दशमलव ३३ प्रतिशत, वित्तको शून्य दशमलव ८२ प्रतिशत, निर्जीवनको शून्य दशमलव ३४ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ५५ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै, जलविद्युतको २ दशमलव ४२ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव २५ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ५ प्रतिशत र जीवन बीमा समूहको १ दशमलव ८ प्रतिशतले परिसूचक बढेको छ ।

सोमबार विज्ञप्ती जारी गरी बोर्डले गरेको यो अनुरोधलाई कतिपय लगानीकर्ताहरुले बजार घटाउन खोजेको आरोप समेत लगाएका छन् । पछिल्लो १४ दिनको कारोबार अवधिलाई हेर्ने हो भने एक दिन मात्र बजार घटेको छ बाँकी दिन बढेको छ । बजारले बुलिसको यात्रा तय गरेको जानकारहरु बताउँछन् । अझै बजार माथि जानेमा दुई मत नभएको टिप्पणी समेत जानकारहरुले गरेका छन् । बजारमा कारोबार रकम र परिसूचकले सँगै उचाई लिईरहदाँ अध्ययन र अनुसन्धान सहित संयमित भएर लगानी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ ।