• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

प्रतिनिधिसभामा आज मन्त्री–सांसद प्रश्नोत्तर



काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा मन्त्री र सांसदबीच प्रश्नोत्तर हुने भएको छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

संसद् सचिवालयले आजको बैठकमा सांसद–मन्त्रीबीच प्रश्नोत्तर कार्यक्रम रहेको जनाएको छ ।

संसदको कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा तथा सिंचाइ मन्त्रालयसम्बन्धी प्रश्नको मन्त्रीले जवाफ दिनेछन् ।

यसका साथै आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डसम्बन्धी पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्नेछन् ।

यसपछि भने पूर्वराज्यमन्त्री रामचन्द्र रायको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकिनेछ ।