९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अवकाशप्राप्त इञ्जिनियरको कृषि कर्म

अवकाशप्राप्त इञ्जिनियरको कृषि कर्म
अ अ+ अ-

सिरहा: जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर)बाट दुई वर्षअघि अवकाश भएयता लहान–१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहनुभएको छ ।

अध्ययन र अनुभवको क्षेत्र फरक भए पनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको उहाँले सुनाउनुभयो । उमेरले छ दशक पूरा गर्नुभएका उहाँको लोभलाग्दो व्यावसायिक फलफूल खेती देख्दा धेरैले प्रशंसा गर्ने गरेका छन् ।

उहाँले लहान बजारबाट १० किलोमितर उत्तरतर्फ चुरेको काखमा अवस्थित करिब चार बिघा आफ्नै जमिनमा ‘कालिका कृषि फर्म’ दर्ता गरी ड्रागन फ्रुट, आँप, लिची, कागती, अम्बा, स्याउ, मेवालगायत फलफूल खेती गरिरहनुभएको छ । त्यसबाहेक चारवटा माछा पोखरी पनि छन् ।

विसं २०६५ मा ऊर्जासम्बन्धी विदेश भ्रमणमा छिमेकी मुलुक चीन गएको बेला ऊर्जा र कृषिसम्बन्धी अवलोकनबाट कृषिमा नेपालमा पनि केही गर्न सकिने सङ्कल्प लिएर अवकाश हुनुभन्दा चार वर्ष अगाडि नै कृषि फर्म दर्ता गराएर पूर्वाधार तयार गरिएको चौधरीले जानकारी दिनुभयो ।

प्राविधिक क्षेत्रमा सिद्धहस्त चौधरीलाई आकाशपछि पनि सोही क्षेत्रमा काम गर्ने अवसरको कुनै कमी थिएन । तर पनि उहाँ अवकाशपछि कृषि कर्ममै समर्पित हुनुभयो । “एउटै पेसा जीन्दगीभर गरिरहदा दिक्क लाग्ने हुँदो रहेछ । शरीर र दिमागलाई पनि कुनै फरक पेसा र व्यवसायको स्वाद लिने रहर लाग्ने रहेछ सायद । मलाई पनि त्यही रहरले डोहो¥यायो”, चौधरीले भन्नुभयो ।

सामाजिक रुपमा इञ्जिनियरिङ पेसालाई निकै प्रतिष्ठित पेसाका रुपमा हेरिन्छ । तर कृषि कर्ममा रमाउनेहरुले त्यसप्रकारको सम्मान पाइसकेका छैनन् । विभिन्न देशमा भ्रमण गर्दा त्यहाँको आधुनिक कृषि प्रणाली र कृषकलाई सरकारले दिएको महत्वले आफूलाई प्रभावित बनाएको चौधरीकोद भनाइ छ ।

चौधरीको घर वरिपरि फलफूको आकर्षक र लोभलाग्दो खेतीले जो कसैको मन मोहित बनाउँछ । करिब रु ३० लाख लागतमा सुरु गर्नुभएको व्यावसायिक कृषि खेतीबाट चौधरीले मुनाफा प्राप्त गर्न थालिसक्नुभएको छ ।

“जागिरबाट अवकाश हुनुभन्दा केही वर्षअघिदेखि नै ड्रागन खेती सुरु गरिसकेको थिए । त्यसपछि फलफूल खेती, माछा र माहुरीपालन पनि एकसाथ सुरु गरेको छु”, चौधरीले भन्नुभयो, “दुई वर्ष अघिदेखि १४ कठ्ठा क्षेत्रफलमा लगाइएको व्यावसायिक ड्रागन फ्रुटका खेतीले सोचेभन्दा राम्रो सफलता पाएको छु, अन्य फलफूलका बिरुवा हुर्कैदैछन् ।”

चौधरीले ड्रागन खेतीबाट जति आम्दानी गर्नुभएको छ, त्यति नै आम्दानी ड्रागनको बोट मुनी लगाएका अन्य अन्तरबालीले दिइरहेको छ । उहाँले अन्तरबालीका रुपमा सिजनअनुसार लसुन, प्याज, भेण्डी, खुसार्नीलगायत तरकारी तथा फलफूल लगाउनुभएको छ । त्यसबाहेक व्यावसायिक तरकारी खेती गर्नुभएको छ । अन्तरबालीले ड्रागन फ्रुट खेतीलाई राम्रो स्याहारसुसार पुग्ने र त्यसबाट लाभ लिएको चौधरीको भनाइ छ ।

कृषि कर्ममा चौधरी सक्रियताका साथ आफै बिहानदेखि बेलुकासम्मै खट्नुहुन्छ । उहाँलाई श्रीमति हरिदेवी चौधरीले साथ दिनुभएको छ । एक जना छोरा भने वैदेशिक अध्ययनमा रहेको उहाँले जानकारी दिनुभयो । जागिरे जीवन हुँदा काठमाडाँैमा करिब १६ वर्ष श्रीमतीले सुगर र प्रेसरको औषधि खानुपरेको भएता पनि अहिले खेतबारीमा श्रम गर्दा उक्त रोग अहिले सामान्य अवस्थामा रहेको र कुनै औषधि खानु नपरेको चौधरी बताउनुहुन्छ ।

“केही नगरी बसेर दिन कटाउनु भनेको रोग पाल्नु जस्तै रहेछ । त्यो भन्दा त कृषि कर्मले शरीर पनि फुर्तिलो, खाने कुरा पनि अग्र्यानिक उत्पादन हुने । विभिन्न रोगबाट छुटकारा पनि”, चौधरीले भन्नुभयो ।

चौधरीले खेतीमा अर्गानिक कम्पोष्ट मल प्रयोग गर्नुभएको छ । उहाँले अहिले पाँच जना स्थानीयलाई नियमित रोजगारीमा काम पनि दिलाउनुभएको छ । युवाहरु बेरोजगार भएर भौतारिने समस्या देख्दा आफूलाई दुःख लाग्ने चौधरी बताउनुहुन्छ ।

“मेहिनत गर्ने हो भने जीविकोपार्जन गर्न कुनै समस्या छैन । तर, त्यसको लागि स्पष्ट दृष्टिकोण र सरकारको स्पष्ट नीति चाहिन्छ । नेपालमा जमिनको महत्व नबुझेर विदेश जाने प्रवृत्ति छ । किन विदेश जानु ? खेतबारी बाँझै किन छोड्नु ? विदेशमा गर्ने जति मेहनत यही गर्ने हो भने यहाँको माटोमा सुन फलाउन सकिन्छ”, चौधरीले भन्नुभयो ।

अवकाश प्राप्त कर्मचारी तथा अन्य कृषि कर्ममा लाग्न चाहनेका लागि सुकदेव चौधरी उदाहरण भएको लहान नगरपालिका कृषि शाखाका संयोजक तथा वडा नम्बर १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “म आफैँ कृषिको निर्देशक भएर अवकाश पाएको व्यक्ति हुँ । अवकाश पश्चात राजनीतिमा जोडिए । अहिले दोस्रो कार्यकालको रुपमा वडाध्यक्ष भएको छु । लहान नगरपालिकाको कृषिलाई उद्योग र रोजगारीसँग जोड्न गृहकार्यमा लागेको बेला अवकाश प्राप्त उपसचिव शुकदेव चौधरीले थाल्नुभएको नमूना कृषि फर्मबाट लहान नगरपालिकाले एउटा कृषि प्रयोगशाला भेटाएको अनुभूति गरेका छौँ ।” साथै उहाँले चौधरीको कृषि फार्मलाई नगरपालिकाका तर्फबाट अनुदान दिलाएको र नगरको उत्कृष्ट कृषक घोषणा गरी सम्मान गरेको पनि जानकारी दिनुभयो ।

आफूले अर्कै पेसामा जानेको सीप र कलाको सट्टा इन्टरनेटबाट प्राप्त ज्ञानलाई कृषि कर्ममा प्रयोग गरिरहेको चौधरीले बताउनुभयो । जागिरबाट अवकाश लिएपछि पनि मनलाई खुसी राख्न मानिसले आफूलाई कुनै न कुनै रुपमा सक्रिय राख्नुपर्छ भन्ने मान्यता चौधरीको छ ।

अवकाशपछि प्राप्त हुने सेवा सुविधाले जीवन धान्न मुस्किल हुने भन्दै त्यसको लागि पूर्वतयारी हुन चौधरीको सुझाव छ । उहाँले भन्नुभयो, “म यो कृषिकर्म आफ्नो आय आर्जनको लागि मात्रै होइन, अरू अवकाश प्राप्त कर्मचारी तथा देशमा केही हुँदैन र केही छैन भनी निराश हुने आमयुवालाई कृषि पेसालाई सम्मान गर्दै आफ्नै गाउँ ठाउँमा आय आर्जन गर्ने यस्तो उपाय छन् भन्ने सन्देश प्रवाह गर्न चाहन्छु ।”

सुदीप राउत/रासस