२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा पहिरो र दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले रामेछापको शैलुङ्गमा गएको पहिरो, सिन्धुलीको गोलन्जोरमा भएको जीप दुर्घटना र विभिन्न स्थानमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आज विज्ञप्तिमार्फत कांग्रेसले पहिरोमा परी निधन हुनुभएका प्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।

रामेछापको शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरीगाउँमा गएरातीको पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने चार जना हराइरहेका छन् । यस्तै खोटाङको हलेसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र नं ३–०१–०२३च ६३६६ को जीप हिजो मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकबाट सुनकोशीमा खस्दा तीन यात्रु बेपत्ता भएका छन् ।

यसैगरी बाराबाट भारतको झारखण्ड देवघरमा जल अर्पण गर्न गएका नेपाली तीर्थयात्री सवार बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ४३ यात्रु मध्ये ३५ भन्दा बढी यात्रु घाइते भएका छन् ।

आजै महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

कांग्रेसले उक्त सबै घटनाप्रति दुःख व्यक्त गर्दै शैलुङ्गको पहिरो र सुनकोशीमा हराइरहेकाको खोजीकार्य तीव्र पार्न र बस दुर्घटनाका घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।