१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेडिकेडेट र ट्रंकलाइन विवादबारे निर्णय गर्ने विषयमा लेखा समितिमा चर्काचर्की



अ+ अ-

काठमाडौं । सार्वजनिक लेखा समितिमा डेडिकेडेट ट्रंकलाइन विवादमा निर्णय गर्ने विषयमा सवालजवाफ भएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा समिति सभापति र सांसदहरुबीच चर्काचर्की भएको हो । समिति सभापति ऋषिकेश पोखरेलले समितिले गर्ने निर्णय सुनाउन थालेपछि विवाद शुरु भयो । सभापति पोखरेलले समितिको बैठकका ५ वटा निर्णय सुनाउन प्रश्ताव राख्नुभएको थियो । उक्त निर्णयमा सत्तापक्ष नेपाली काँग्रेसका सांसदहरुले नै साथ दिएनन् । यता नेकपा (माओवादी केन्द्र) र रास्वपाका सांसदहरूले सभापतिका ५ वटा निर्णयमा असहमति जनाएका थिए ।

दुवै पार्टीका सांसदहरुले सभापतिको प्रश्तावलाई अस्वीकार गर्ने भनेपछि सभापति पोखरेल, माओवादी र रास्वपाका सांसदबीच चर्काचर्की परेको थियो । सभापति पोखरेलले तत्कालिन समयमा नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले पेश गर्नुभएको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिने निर्णय हुने बताउनु भयो । उहाँले समितिले पाँच वटा निर्णय गर्ने र उजुरीको विषयमा समितिमा छलफल गर्ने प्रश्ताव राख्नुभयो । तर सांसदहरुले अहिले समितिले डेडिकेडेट र ट्रंकलाइनको २१ अर्ब ८८ करोड वक्यौता उठाउने भन्न निर्देशन मात्रै दिनुपर्ने माग गरे । तर सभापति पोखरेलले ५ वटा निर्णय भएको र उजुरीको विषयमा अर्को बैठकमा छलफल गर्ने भन्दै अर्को सूचना नआएसम्म बैठक स्थिगित भएको घोषणा गर्नुभयो ।

तर नेकपा माओवादीका सांसद राजन दाहाल र अमनलाल मोदीले निर्णय नमान्ने भन्दै सभापति पोखरेलको चर्को विरोध गरे । अन्य केही सांसदले समेत महशुल वक्यौता उठाउने निर्देशनमात्र दिन आग्रह गरेपछि बैठकमा होहल्ला र विवाद भयो । माओवादी सांसद दाहालले महशुल उठाउने विषय बाहेक अन्य निर्णयहरु बदनियतपूर्ण रुपमा आएको बताउनु भयो । सभापति पोखरेलले सांसदहरुलाई बैठक सकिएको जानकारी गराए । तर सांसदहरु एउटा निर्णय बाहेक अन्य निर्णयहरुमा सहमति नभएको भन्दै विरोध गरे ।

सांसदहरुले समितिको निर्णय नभएर सभापतिको मात्रै निर्णय भएको बताए । सभापतिले निर्णय गर्ने अधिकार नभएको बताए । माओवादी सांसदहरुले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई अख्तियार पठाउने र विचौलीयाहरुसँग मिल्ने गरी सभापतिले निर्णय गरेको भन्दै बिरोध गरे । विवादकाबीच पाँच घण्टा लामो छलफलपछि समिति बैठक बिना निष्कर्ष टुंगिएको छ । —न्युज एजेन्सी नेपाल