१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ नेता पौडेलको गिराफ्तारीमा सांसद थापाको सरकारविरुद्द आक्रोस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा कांग्रेस सांसद गगन थापाले सरकारविरुद्द आक्रोस व्यक्त गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको गिराफ्तारीबारे कांग्रेस सांसद गगन थापाले आक्रोस् व्यक्त गरेका हुन् । सांसद थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक पोष्ट गर्दै आक्रोसित भावना पोखेका छन् ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र  प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुन नसकेको र सो कार्य नियोजित भएको बताएका छन् । त्यस्तै वरिष्ठ नेता पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको पनि प्रष्ट्याएका छन् जसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको पनि भनेका छन् ।

लेख्ने क्रममै उनले अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'यो तपाईका लागि निकै महङ्गो पर्ने' भन्दै आक्रोस व्यक्त गरेका छन् । बुधबार तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएपछि तनहुँ प्रहरीले वरिष्ठ नेता पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिएका थिए । 

कांग्रेस सांसद गगन थापाको ट्वीट: