• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

तिन घण्टापछि रिहा भए वरिष्ठ नेता रामचन्द्र पौडेल



file

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । उनलाई निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको हो । निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले वरिष्ठ नेता पौडेल सहितका प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई आज  पक्राउ गरेको थियो । उनीहरुमाथी व्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोप थियो । 

उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । ‘समन्वय प्रमुखको रोहबरमा रिहा गरेका छौं,’ एसपी पौडेलले भने । वरिष्ठ नेता पौडेलको गिरफ्तारीको खबरले नेपाली काँग्रेसमा हलचल पैदा भएको थियो ।

सबै काँग्रेसका नेताहरुले वरिष्ठ नेता पौडेलको गिरफ्तारीमा सरकारको निन्दा गरेका थिए । नेपाली काँग्रेसले विज्ञप्ती जारी गर्दै नेता पौडेललाई गिरफ्तारी गरिएको घटना आपत्तिजनक र निन्दनिय भएको र सरकारको प्रवृति विरुद्द देशव्यापी प्रतिरोध गर्ने पनि चेतावनी दिएको थियो ।