• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता: सांसद शर्मा



काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता रहेको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै क्षेत्रमा क्रान्तिकारी रुपान्तरण तथा सुधारवादी सोच र कदममा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सहमति बेगर राष्ट्रलाई एक कदम पनि अघि बढाउन नसकिने उल्लेख गर्नुभयो । उहाँले आज विद्यार्थी संगठनहरु माथि ठूलो सवाल खडा भइरहेको बताउनु भयो । अध्यापकलाई धम्क्याउने, पिट्ने, कलेज बन्द गर्ने, विश्वविद्यालयमा हुलदंगा गर्ने अवस्था सिर्जना भएको भन्दै दु:ख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबै क्षेत्रमा क्रान्तिकारी रुपान्तरण की सुधारवादी सोच र कदम जे सुकैमा पनि साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको टड्कारो हो । यस बेगर अब राष्ट्रलाई एक कदम पनि अघि बढ्न गाह्रो पर्दै जानेछ । बंगलादेशको घटनाले पनि राष्ट्रिय सहमतिको सन्देश दिएको छ । आज विद्यार्थी संगठनहरु माथि ठूलो सवाल खडा भइरहेको छ । अध्यापकलाई धम्क्याउने, पिट्ने, कलेज बन्द गर्ने, विश्वविद्यालयमा हुलदंगा गर्ने यो अवस्था किन आयो ?’

सांसद शर्माले विद्यार्थी संगठन अहिलेको अवस्थामा पुग्नुको दोष राजनीतिक दलहरुलाई जाने बताउनु भयो ।