२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता: सांसद शर्मा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता रहेको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै क्षेत्रमा क्रान्तिकारी रुपान्तरण तथा सुधारवादी सोच र कदममा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सहमति बेगर राष्ट्रलाई एक कदम पनि अघि बढाउन नसकिने उल्लेख गर्नुभयो । उहाँले आज विद्यार्थी संगठनहरु माथि ठूलो सवाल खडा भइरहेको बताउनु भयो । अध्यापकलाई धम्क्याउने, पिट्ने, कलेज बन्द गर्ने, विश्वविद्यालयमा हुलदंगा गर्ने अवस्था सिर्जना भएको भन्दै दु:ख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबै क्षेत्रमा क्रान्तिकारी रुपान्तरण की सुधारवादी सोच र कदम जे सुकैमा पनि साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको टड्कारो हो । यस बेगर अब राष्ट्रलाई एक कदम पनि अघि बढ्न गाह्रो पर्दै जानेछ । बंगलादेशको घटनाले पनि राष्ट्रिय सहमतिको सन्देश दिएको छ । आज विद्यार्थी संगठनहरु माथि ठूलो सवाल खडा भइरहेको छ । अध्यापकलाई धम्क्याउने, पिट्ने, कलेज बन्द गर्ने, विश्वविद्यालयमा हुलदंगा गर्ने यो अवस्था किन आयो ?’

सांसद शर्माले विद्यार्थी संगठन अहिलेको अवस्थामा पुग्नुको दोष राजनीतिक दलहरुलाई जाने बताउनु भयो ।