२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेलुगु स्टार नागार्जुनको कन्भेन्सन सेन्टरमा डोजर चल्यो



अ+ अ-

एजेन्सी । तेलुगु स्टार नागार्जुनको हैदराबादमा रहेको गैरकानुनी एन कन्भेन्सन सेन्टरमा डोजर चलेको छ ।

शनिबार उक्त स्थान बुलडोजरले ध्वस्त पारेको हो । उनले रंगारेड्डी जिल्लाको शिल्परामम नजिकै माधपुरको हाइटेक सिटी नजिक यो केन्द्र बनाएका थिए ।

तालको जग्गामा गैरकानुनी रूपमा यो केन्द्र निर्माण गरेको आरोप अभिनेतामाथि लागेको थियो । अर्कोतर्फ, नागार्जुनले यो कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, ‘अदालतले तोड्ने निर्णय गरेको भए म आफैं तोड्ने थिएँ । अधिकारीहरुको यो गलत कारबाहीमा अदालतबाट राहत मिल्ने विश्वास लिएको छु ।’

सम्मेलन केन्द्र ६ दशमलव ६९ एकडमा निर्माण गरिएको हो । थुम्मीकुण्टा तालको ३.३० देखि ३.४० एकड जमिन अतिक्रमण गरी निर्माण गरिएको हो । हैदरावादका भास्कर रेड्डीलगायत धेरै उजुरीकर्ताहरूले हाइड्रामा गुनासो गरेका थिए । यसपछि यो कारबाही गरिएको हो ।

६४ वर्षीय नागार्जुनले १०० भन्दा बढी हिन्दी र साउथ फिल्ममा काम गरिसकेका छन् । उनको पहिलो फिल्म विक्रम (१९८६) थियो । यस्तै, उनले फिल्म शिवबाट बलिउडमा आफ्नो यात्रा सुरु गरेका थिए ।