• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

भारतको बिहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३० भन्दा बढी घाइते



काठमाडौं । भारत बिहारको समस्तीपुरमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । दुर्घटनामा परि कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।

शनिबार राति ना ७ ख ६४४६ नम्बरको बसलाई पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

भारतीय सञ्चार माध्यमले दुर्घटनामा परी तीन दर्जन यात्री घाइते भएको उल्लेख गरेको छ । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

घाइतेहरुमध्ये एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा उपचार भइरहेको छ ।

बसलाई ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।